सामसङ ग्यालेक्सी एस२३ सिरिज फोनको मूल्य कति ?

काठमाडाैं । सामसङले ग्यालेक्सी एस २३ सिरिजअन्तर्गत एस २३ अल्ट्रा, एस २३ प्लस र एस २३ को नेपालमा प्रिबुकिङ खोलेको छ । सामसङका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी एस २३ आफ्नो हातमा पार्न इच्छुकले आजैदेखि प्रिअर्डर गर्न सक्नेछन् । साथै प्रिअर्डर अफरहरू पनि छनोट गर्न सक्नेछन् ।’ मनपर्ने ग्यालेक्सी एस २३ सिरिजको फोन आधिकारिक प्रिअर्डर वेबसाइटबाट वा नजिकको सामसङ स्टोरबाट प्रिअर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

‘प्रिअर्डर अफर फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछ’, सामसङले बताएको छ । एस २३ अल्ट्राको मूल्य १२ र ५१२ जीबीमा २ लाख ९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

त्यस्तै १२ र २५६ जीबीमा १ लाख ९१ हजार ९९९ रुपैयाँ तोकिएको छ । एस २३ प्लसको ९८ र २५६ जीबी १ लाख ५१ हजार ९९९ रुपैयाँ र एस २३ ९८ र २५६ जीबीको मूल्य १ लाख २७ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

फोन किस्ताबन्दीमा पनि किन्न सकिने सामसङ नेपालले जनाएको छ । मासिक ६ हजार ४ सय रुपैयाँबाट शुरु हुने किस्ताबन्दीमा शून्य प्रतिशत ब्याज रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार फोनमा एक वर्षका लागि एक पटकको ब्रेकेज बीमा पनि रहेको छ ।

प्रतिक्रिया