र्यापर लाहुरेलाई दर्शकले ढुंगा हान्न खोजेपछि…

पर्वत । पर्वत महोत्सवमा बुधबार बेलुका र्याप गायक आशिष राना (लाहुरे) माथि दर्शकबाट ढुंगााले हान्ने प्रयास भएको छ । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा भएको सातौँ पर्वत महोत्सवमा दर्शकबाट गायक रानालाई निसाना बनाएर ढुंगा फालिएको थियो ।

हजारौँहजार दर्शकहरुले महोत्सवस्थल भरिएको थियो । त्यही बिचबाट लाहुरेले आफ्नो सांगीतिक प्रस्तुुती राख्ने क्रममा स्टेजको दायाँ तर्फबाट उनीमाथि ढुंगा प्रहार भएको हो । लाउरे भन्छन्, ‘आज हामी यहाँ हजारौँ हजार छौँ, एक जनाले ढुंगा हानेर यो माहोल बिथोल्ने प्रयास गरेको छ ।’

लाहुरेले रातिको करिव ८ बजेदेखि ९ बजेसम्मका आफ्नो प्रस्तुती राख्नका लागि साताँै पर्वत महोत्सवको स्टेज पाएका थिए । सोही समयमा उनीमाथि ढुंगाा प्रहार हुँदा माहोल बिगार्न त्यसो गरिएको भन्दै लाउरेले हजारौँ दर्शक आफ्नो साथमा रहेको बताएका थिए ।

ढुंगा किन फालिएको र कसले फालेको भन्ने पत्ता लाग्न नसकेको दर्शकले बताएका छन् । लाहुरेलाई हेर्न र उनका धेरै चर्चित गीतहरुमा झुम्न बाग्लुङ, म्याग्दी, र कास्कीलगायतका जिल्लाहरुबाट पनि दर्शकहरु आएका थिए । उनीमाथि ढुंगा प्रहार भए पनि लाहुरेले सांगीतिक प्रस्तुुती राख्न भने छोडेका थिएनन् ।

सोही प्रस्तुती हेरिरहेका कटुवा चौपारीका एक युवा रामु शर्माले भने, ‘कलाकार भनेको देशका गहना हुन्, उनीहरुमाथि यस्तो व्यवहार देखाउनुले महोत्सवको मात्र होइन पर्वतको समेत गरिमा घट्छ ।’

लाहुरेले आफ्ना गीतहरु सुनाउन्दा महोत्सवस्थल उनका गीतको तालमा मन्त्रमुग्ध भएको थियो । उनले केस नम्बर ४२०, बिरामी, हाउडेलगायतमा धेरै गितहरु सुनाएका थिए । माघ ११ देखि सञ्चालन भएको महोत्सव माघ २१ गते सम्म चल्ने आयोजकले जानाकारी दिएको छ ।

प्रतिक्रिया