‘सर्वोच्चको फैसलाको पूर्णपाठ नआएसम्म रास्वपाले धैर्यता गर्नुपर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्रालयलाई लिएर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकपछि प्रवक्ता एवम् उपाध्यक्ष कृष्णबहादुर महराले यस्तो बताएका हुन् ।

रास्वपाले गृहमन्त्रीमा निरन्तर दाबी गरिरहेका बेला माओवादीले गत शुक्रबार रवि लामिछानेबारे सर्वोच्च अदालतले दिएको नागरिकता विवादबारेको मुद्दाको फैसलाको पूरापाठ नआएन्जेल उसले धैर्य गर्नुपर्ने निष्कर्ष निकालिएको हो । ‘रास्वपा सभापति लामिछानेको मुद्दाको पूर्णपाठ आएको छैन । यो मुद्दा अझै सिद्धिएको पनि छैन’, महराले भने, ‘यस्तोमा मन्त्रिमण्डलमा के गर्ने भन्ने विषयबारे केही टुंगो भएको छैन ।’

महराले पूर्णपाठ नआउन्जेल मन्त्री थपघटको विषय पनि स्थगित हुने संकेत गरे । ‘सर्वोच्चको फैसालको पूर्णपाठ नआउन्जेल कुनै तलमाथि हुँदैन’, उनले भने, ‘त्यतिका समयसम्म रास्वपाले धैर्य गर्न सक्नुपर्छ ।’

प्रतिक्रिया