बसुन्धरामा रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । सरकारमा रहने-नरहने निर्णयका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बैठक सुरु भएको छ । बिहीबार अपरान्ह ५ बजे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको हो । पार्टी प्रवक्ता एवम् महामन्त्री डा. मुकुल ढकालका अनुसार केन्द्रीय कार्यालय बसुन्धरामा संयुक्त बैठक बसिरहेको छ ।

यो बैठकमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रहने या बाहिरिने ठोस निर्णय हुने ढकालले बताए । गत शुक्रबार सर्वोच्च अदालतको फैसलापछि रविले सांसद, गृहमन्त्री, पार्टी सभपति र संसदीय दलको नेताको पद एकसाथ गुमाएका थिए ।

प्रतिक्रिया