प्रधानमन्त्रीज्यू ! बाठो लड्छ, तीन बल्ड्याङ

प्राडा बद्रीविशाल पोखरेल

प्रधानमन्त्री प्रचण्ड, अलिकति पनि इमान छ भने तपाईंले आफू प्रधानमन्त्री बन्दा गरेको भद्र सहमति बिर्सनै मिल्दैन । ओलीलाई तपाईंको अस्थिर चरित्रबारे फेरि पनि थाहा नभएको होइन तर देशलाई तीव्रतर रूपमा ओरालो र भिरालोतिर जान नदिनका लागि एउटा अन्तिम मौकाका लागि तपाईंलाई साथ लिन बाध्य भएको स्थिति हो । यस लेखकले यही कुरालाई ख्यालमा राखेर मत्ताहात्ती तह लगाउन माउते धेरै चलाख हुनुपर्छ भनेर केही दिनअघि लेखेकै थियो ।

लेन्डुप दोर्जेमा चेत पलाउँदा आफ्नो प्रिय मातृभूमिको अस्तित्व समाप्त भइसकेको थियो । भारतीय शाषकको नेपाललाई हेर्ने गिद्धे अलिपछि थाहा पाएकाले जननायक बिपी कोइराला अत्यन्त सचेत हुनुभयो र नेपालको स्वतन्त्रता र अखण्डता त्यतिबेला कायम हुन सकेको हो । मानिसलाई पशुभन्दा पृथक र भिन्न देखाउने उसको दिमाग हो । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भनेझैँ मानिसको दिमाग काठको बाकस होइन त्यसैले दिमागमा भएभरका फोहोर थुपारेर राख्नु हुँदैन । यो सशक्त बिम्बमय प्रतीकात्मक अभिव्यक्ति हो । समसामयिक सान्दर्भिक विषयलाई स्पष्ट संकेत गरे पनि यसले दिमागमा फोहोरी विचार पाल्ने सबैलाई गम्भीर कटाक्ष गर्छ ।

तपाईं पहिलोपल्ट प्रधानमन्त्री हुँदा प्रधानसेनापति प्रकरणमा सफल हुनुभएको भए यो देश भयावह आन्तरिक द्वन्द्वमा फस्ने निश्चित थियो । त्यसले देशलाई कुन रसातलमा पु¥याउँथ्यो सम्झन पनि सकिन्न र यस खालका खेलले देशमा बाह्य हस्तक्षेप बढ्दा नेपाली भएर बाँच्न पाइन्थ्यो पाइन्थेन भन्नै सकिन्न । प्रधानमन्त्री प्रचण्ड, अलिकति पनि इमान छ भने तपाईंले आफू प्रधानमन्त्री बन्दा गरेको भद्र सहमति बिर्सनै मिल्दैन । ओलीलाई तपाईंको अस्थिर चरित्रबारे फेरि पनि थाहा नभएको होइन तर देशलाई तीव्रतर रूपमा ओरालो र भिरालोतिर जान नदिनका लागि एउटा अन्तिम मौकाका लागि तपाईंलाई साथ लिन बाध्य भएको स्थिति हो । यस लेखकले यही कुरालाई ख्यालमा राखेर मत्ताहात्ती तह लगाउन माउते धेरै चलाख हुनुपर्छ भनेर केही दिनअघि लेखेकै थियो । तपाईं पहिले प्रधानमन्त्री भएका बेला प्रधानसेनापति प्रकरणमा सफल हुनुभएको भए यो देश अहिलेसम्म रहन्थ्यो कि रहन्थेन थाहा छैन । तपार्इं नेपालमा पहिलेदेखि नै कुनै न कुनै उपद्रो गर्न चाहनुहुन्छ, यो कुरा आमदेशवासीलाई थाहा छ । ०६२÷६३ को आन्दोलन एउटा सहमतिमा पुग्दा पनि त्यसमा आफू असहमत भएर कार्यकर्तालाई संघर्ष जारी राख्न तपाईंले कडा उर्दी जारी राख्नुभयो तर भलै कसैले पत्याएनन् ।

यसका विरुद्ध तपाईं लाग्नुभयो र यदि यो कुरा कथंकदाचित सफल भयो भने देशको स्वतन्त्र र स्वाधीन अस्तित्व धरापमा पर्छ । यस्तो अवस्थामा तीन करोड जनताको जनअदालत गठन गर्नुपर्ने बाध्यता आउने कुरा ओलीले पहिल्यै बताउनुभएको छ । ख्याल गर्नुहोला यो ठट्टामजाकको कुरा होइन । विगतमा चुनावी तालमेल सम्भावित दुर्घटना रोक्ने असल नियतबाट गरिएको कति नेताले बुझेका छन् थाहा छैन । नेपाली जनतालाई जयसिंह धामी मारिँदा मुख सिएर बस्ने र नाकाबन्दीविरुद्ध चुइक्क नबोल्ने देउपा कांग्रेसले अघिसारेको राष्ट्रपतिले देश र जनताको किमार्थ भलो गर्दैन । जननायक बिपी कोइराला विरासदका इमानदार देशभक्त कांग्रेसीजनले पनि यो कुरा राम्ररी बुझेका छन् । मानिसको एउटा मात्र मुख हुन्छ । माओले हजारपल्ट नाप, अनि मात्र काट त्यसै भन्नुभएको होइन । गोली र बोली फर्केर आउँदैन । इमानको राजनीति मात्र दीगो हुन्छ । तपाईं जस्ता पात्र र प्रवृत्तिले राजनीतिलाई फोहोरी खेल बनाउनुभएको हो । भकुण्डो राजनीति हो, त्यसको कुनै गल्ती हुँदैन । तर, खेलाडी खराब हुनाले राजनीतिप्रति आक्षेप लागेको हो । माओले भन्नैका लागि सदा इमानदार हुनु भन्नु भएको होइन ।

प्रचण्ड कमरेड, तपाईंले धेरैपटक आफ्ना गल्तीहरूप्रति माफी माग्नुपरेको छ । दस बर्से जनयुद्धको तीतो अनुभव बताउँदै कसैले कसैलाई बन्दुकको बलमा समाप्त पार्न सकिने रहेनछ भनेर बन्दुक बिसाउनुभयो । यति कुरा बुझ्न रगतको खोलो बगाउनुभयो । प्रसिद्ध नियात्राकार जीवा लामिछानेले बुरुण्डीलगायत देश जातीय साम्प्रदायिक तथा धार्मिक रूपमा चिहानमा परिणत भएपछि बुद्धि पलाएर क्रमशः प्रगतिपथमा लम्किएको बताएका छन् । जननेता मदन भण्डारीले यस्ता कुरा पहिले नै राम्ररी मनन गरेर माक्र्सवादको पुनः सृजन गरी जबज सिद्धान्त प्रतिपादन गर्नुभयो । तपाईंले पनि धेरैपछि उग्रवादी दुस्साहसवादी चिन्तन र चरित्रबाट हरेस खाएर एक्काइसौँ शताब्दीको जनवाद भन्न बाध्य हुनुप¥यो । जबजलाई हरियो घाँसमा लुकेको सर्प भन्ने तपाईंहरू जबजकै मार्गमा अवतरण गर्नुभयो । तपाईंले प्रधानसेनापति प्रकरण र पशुपतिका मूल पुजारी परिवर्तन गर्ने मुद्दामा पनि माफी माग्नुप¥यो, गल्ती स्वीकार्न बाध्य हुनुपर्यो ।

सत्तामा टाँसिएर पार्टी बलियो हुन्छ भन्ने भ्रममा नपर्नु होला । सरकार र सत्ता हुँदा गुह्येकीरा झैँ वरिपरि भन्किनेहरू अम्भर परेका बेला कोही काम लाग्दैनन् । अवसर छोपुवाहरू घरि एमाले घरि माओवादी वा अरूहरू पार्टीमा ओहोरदोहोर गरिरहन्छन् । सबै पञ्च नेपाली, सबै नेपाली पञ्च भएर पनि तिनले पञ्चायत जोगाउन सकेनन् । जुनसुकै रंग र आवरणको निरंकुशता यो दुनियाँमा चल्ने छैन ।

प्रचण्ड कमरेड, आखिर धेरै ढिलो भए पनि तपाईंले नेपाल र नेपाली हुनुमा गर्व गर्नुभयो तर यसको अगुवाइ आपैmँले गर्नु भएन । तपाईंले किन लामो समयसम्म एकीकरण अभियानका शीर्षस्थ तथा अग्रणी व्यक्तित्व पृथ्वीनारायण शाहलाई नानाथरि फतुर लगाउनुभएको हो । त्यति मात्र होइन तपाईंले देशको नाम फेर्न र गौरवशाली राष्ट्रिय झण्डा हटाउन किन मरिहत्ते गर्नुभएको थियो । अहिले आएको यही बुद्धि उतिबेलै आएको भए कति जाती हुन्थ्यो ।

तपाईं हर कुरामा किन द्वन्द्ववादविरुद्ध लागिरहनुभएको हो । हरेक विषय र क्षेत्रका सकारलाई स्वीकार्ने नकार जतिलाई नकार्ने वा दुत्कार्ने माक्र्सवादविरुद्ध किन लगातार लाग्नुहुन्छ ? समाज विकासको गति स्वभाविक, सहज र प्रकृत हुन्छ । एउटा गर्भ पूर्ण रूपमा विकसित हुन नौ महिना लाग्छ तर तपार्इंको हतार र लहडले उक्त समयअघि नै बच्चा जन्मिन सक्तैन । असमयमै बच्चा जन्माउन बल प्रयोग गर्नुभयो भने दुवैको ज्यानलाई खतरा पुग्न सक्छ ।

मात्रात्मक परिवर्तनबिना गुणात्मक रूपान्तरण हुँदैन नि होइन ? तपाईं जन्मिँदै कम्युनिस्ट हो र ? अध्ययन, अनुभव र उमेरसँगै तपाईंमा परिवर्तन आएको होला नि । दस बर्से जनयुद्धका अनुभवबाट पनि तपाईंका केस पाकेका होलान् । सिद्धान्तलाई व्यवहारमा घोटेपछिको ज्ञान मात्र सही हुन्छ । कोरा किताबी ज्ञानबाट ज्ञानको समग्रता प्राप्त हुन सक्तैन । आफ्नै नाक ठोक्किएर वास्तविक ज्ञान पाइन्छ । दुरदृष्टि चेत नभएका मानिस पटकपटक ठेस लागेर मात्र अलिअलि बुद्धि बटुल्छन् । सूत्र र सिद्धान्त मात्र पढेर अग्रगामी दिशादृष्टि पाइँदैन । माक्र्स पढेर के गर्नु माक्र्सवादको गुह्य र अन्तर्य राम्ररी मनन गरेकै छैन । गरेको भए जनवादी केन्द्रीयताका नाममा नोकरसाही केन्द्रीयता कम्युनिस्टहरूले लागु गर्ने गल्ती गर्ने नै थिएनन् । माक्र्सले किसान मजदुरले आफ्नो मुक्ति आफैँ जितेर लिनुपर्छ भन्नुभयो । यसको गुह्य अर्थ भुइँ तहदेखि सैद्धान्तिक वैचारिक सचेतताको व्यापक लहर सिर्जना गरेर आमश्रमजीवी जनतालाई पार्टी र मोर्चा संगठन वरिपरि गोलबद्ध गर्नुपर्छ र तिनकै हात र साथ लिएर आन्दोलन सफल पार्नुपर्छ भन्नुभएको हो ।

तर, तपाईंहरू उक्त भनाइ विपरीत उल्टो यात्रामा लाग्नुभयो । ८० प्रतिशत भूभाग कब्जा गरेको भनेर फुइँ गर्ने तपार्इं र तपाईंको पार्टी भूभागविहीन हुँदो छ । अहिले ओलीसितको संगत र संश्रयबाट भयभीत भएर एमाले बाहेकसित पार्टी एकीकरण अभियान गर्न थालेको सुनिन्छ तर याद गर्नुहोस्, पानी पकाएर बाक्लो हुन्न मान्छे फकाएर पनि आफ्नो हुन्न नि । तपाईंले जस्तो सिकाउनु हुन्छ, तपाईंको पार्टीका अनुचरले त्यही शिक्षा सिक्ने होला । जनार्दन शर्मा तपाईंविरुद्ध ज्यान फालेर लागिरहेको देखिन्छ । पहिले पो तपाईंसित बन्दुक थियो र बाबुरामसमेत बालबाल बचेका हुन् । त्यसैले तपार्इं आफ्नो छायादेखि आफैँ तर्सिंदै हुनुहुन्छ । तर ओलीसित तपार्इं बिनासित्ति नतर्सिए हुन्छ ।

माक्र्सले किसान मजदुरले आफ्नो मुक्ति आफैँ जितेर लिनुपर्छ भन्नुभयो । यसको गुह्य अर्थ भुईँ तहदेखि सैद्धान्तिक वैचारिक सचेतताको व्यापक लहर सिर्जना गरेर आम श्रमजीवी जनतालाई पार्टी र मोर्चा संगठन वरिपरि गोलबद्ध गर्नुपर्छ र तिनकै हात र साथ लिएर आन्दोलन सफल पार्नुपर्छ भन्नु भएको हो । तर तपाईहरू उक्त भनाइ विपरीत उल्टो यात्रामा लाग्नु भयो । ओली आफू भलो जगत् भलो भन्ने मान्यतामा हुनुहुन्छ । देश र जनताको भलो गरुन्जेल तपार्इं निढुक्क काम गर्नुहोस् तर छिर्के लगाउने कोसिस गर्नुभयो भने ओलीले गरेको त्यसको प्रतिवाद तपाईंलाई कहिल्यै नबिर्सने पीडा हुनेछ । जीवन र मरण पनि दुई खाले हुन्छ । बाँच्दै मर्ने कि मरेर बाँच्ने यसमा बहुत विचार गर्नुहोला ।

जान्दा जुन विषय र क्षेत्र पनि श्रीखण्ड हो र हुन्छ तर नजान्दा त्यही कुरा खुर्पाका बिँड अनि अँगेनाको दाउरो हुन्छ । आन्दोलनमा धैर्यका साथ अविचलित रूपमा रहिरहेका भए मैनाली बन्धुजस्तो दरबार र घरबारको टाट्नामा सीमित हुनुपर्ने नै थिएन । हजार अपमान र भुक्तमान खेपेका चिनियाँ महान् नेता तङ सिआयो पेङनै यसका जीवन्त उदाहरण हुन् । पुष्पलाल, मनमोहन, मदन भण्डारी र निर्मल लामा नीति, सिद्धान्त र इमानका आधारमा महान हुनुभएको हो । उहाँहरूले आफूलाई समयमै फेर्ने वा सच्याउने कुरामा ध्यान दिनुभयो र गगनचुम्बी उचाइ पाउनुभयो । उहाँहरू पदीय उच्च ओहदा र प्रधानमन्त्री भएर मात्र महान् हुनुभएको होइन ।

राजनेताले कम्तीमा २०÷५० वर्षपछिको भविष्य देखेको हुन्छ । तर तपाईंहरू गोडा दसेक वर्षपछिको स्थिति देख्नु हुँदो रहेनछ । झापा संघर्षका कारण तत्कालीन माले र एमाले देशव्यापी भएको देखेर आहारिस गर्न थाल्नुभयो । जानेदेखि देखासिकी गरी खानु राम्रै कुरा थियो । तर आहारिसको औडाहाले गल्दा बन्दुक बोक्ने रहर गर्नुभयो । पञ्चायत विरुद्धका सशक्त संघर्षमा सडक पेटीमा बसेर रमिता हेर्नुभयो । सबै बाम मिलेर पञ्चायत विरोधी आन्दोलन सशक्त बनाएको भए शक्ति सन्तुलनको भार बाम पक्षमा हुन्थ्यो । तर, एक्लो वीर बन्न खोज्दा देशको जन र धनको अपार क्षति भयो । सकेसम्म शान्तिपूर्ण वा क्षतिबिना र सकेसम्म कम क्षतिबाट समाजिक परिवर्तन गर्नुपर्छ भन्ने मान्यता माक्र्सवाद को हो । त्यसैले मदन भण्डारीले राम्रो काम राम्रै तरिकाले सम्पन्न गर्नुपर्छ भन्नुभएको हो । जबजले जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्ने मूल ध्येय राखेको छ । तर तपाईं भने छलछाम जालसाझी दोहोरो र दोधारे काम र कुराबाट सरकार र सत्तासिन हुन चाहानु हुँदोरहेछ । ओलीले त मैलै कहिल्यै नदेखेका र नभेटेका व्यक्ति र व्यक्तित्वले आफूलाई खबरदारी गरिरहेको बताउनुहुन्छ । तिनै माक्र्स र माओले तपाईंलाई सदा इमानदार हुन सपनामा पनि कहिल्यै भन्नुहुन्न कि क्या हो ।

जात, भात, नाक र नश्ल, भूगोललगायत अनेक बहानामा नेपालको शान्ति र समुन्नति भन्दा ध्वंश तपाईंको चाहना थियो र छ । अब सर्वनाश नभई तपाईंको बुद्धि पलाउला जस्तो लाग्दैन । देशलाई सर्वोपरि राख्ने बुद्धिजीवी हो भने सत्यतथ्य छुट्याउँछ भर्खरै सरस्वती पूजा गरेका छाँै । हाम्रा दुरदृष्टिका पूर्वजले वीणा, पुस्तक र हाँसको वाहन चढेकी भनेर तयार पारेको सरस्वती श्लोक पनि पाठ गरेका छौँ । उक्त श्लोकमा विद्याको बहुआयाम उल्लेख गरिएको छ भने हाँसले झैँ दूध र पानी, इमान र बेइमान, सत्य र झुट छुट्याउने सामथ्र्य भएका तपार्इंका पार्टीमा कुनै मानिस छन् भने तपार्इंको बेहोरा र कर्मलाई अवश्य धिक्कार्नेछन् । होइन ती तपाईंका पशुझैँ मित्र, नेता र कार्यकर्ता हुन् र छन् भने तिनको यो जुनी नै धिक्कार योग्य छ ।

प्राविधिक कारणले इमानले हार्नुप¥यो भने उसको अनुहार हँसिलो नै हुन्छ । घाम अस्ताउने बेला पनि रातै हुन्छ । तर बेइमान जतिसुकै महान भनिने पदमा बसे पनि अनुहार सधैँ मुर्झाएको हुन्छ । अलिकति भए पनि बुद्धि विवेक र इमान भएको प्रगतिशील वा प्रजातान्त्रिक आस्थावान् व्यक्ति छ भने उसले तपाईंका कृत्यहरू आलोच्य ठान्छ । देशको प्रधानमन्त्री नै खुलेआम धोखा धडी गर्छ भने तलतल सबै क्षेत्रमा अझ चरम धोखाधडी हुन्छन् । झुक्याउनु, छक्याउनु र जालसाझी गर्नु कुनै बहादुरी होइन ।

प्रतिक्रिया