काठमाडौं । बागलुङमा एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् । बुधबार जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता गंगाबहादुर थापाले बताए । उनकाअनुसार जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अंग जलेको छ ।
जिसीको धौलागिरी अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गर्न थालिएको बताइएको छ । केही दिनअघि काठमाडौंमा नयाँ बानेश्वरस्थीत संघीय संसद भवन अगाडि प्रेमप्रसाद आचार्यले पेट्रो छर्केर आत्मदाह गरेका थिए ।
त्यसको केही दिनपछि मात्रै फेरि पोखरामा एक पुरुषले पनि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । ती दुई घटनापछि फेरि यो बागलुङमा भएको आत्मदाह घटना त्यस्रो हो । यस घटनाबारे प्रहरीले अनुसन्धान गरेको जनाएको छ ।
प्रतिक्रिया