अनेरास्ववियूद्वारा शिक्षा मन्त्रालयको निर्णयविरुद्ध जनक शिक्षा सामग्री केन्द्र घेराउ

काठमाडौं । अनेरास्ववियूले जनक शिक्षा सामग्री केन्द्र छोडेर निजि कम्पनिलाइ कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न दिने शिक्षा मन्त्रालयको निर्णयविरुद्ध जनक शिक्षा सामग्री केन्द्र सानोठिमीको केन्द्रिय कार्यालय घेराउ गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले जनक शिक्षा सामाग्री केन्द्र भित्रको भ्रष्टाचारका कारण कमिसनका लागि निजि कम्पनीलाई पाठ्य सामग्री छाप्न दिइएको र जनक शिक्षा सामग्री केन्द्रले नै पाठ्यपुस्तक छाप्नुपर्ने, शैक्षिक सामाग्री समय मै पुर्याउनुपर्ने बताए ।

साथै, उनले शैक्षिक क्षेत्रमा हुने नीतिगत लगायत कुनै पनि भ्रष्टाचार अनेरास्ववियूले नसहने, त्यस्ता भ्रष्टाचारविरुद्ध कडा प्रतिवाद, प्रतिकार गर्ने बताए ।

प्रतिक्रिया