भारत भ्रमणका लागि प्रारम्भिक टोली घोषणा

महिला राष्ट्रिय फुटबल

काठमाडौं । भारतमा अर्को महिना हुने मैत्रीपूर्ण खेलका लागि महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले ४३ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि थापालाई आइतबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । एन्फाका महासचिव किरण राईले थापालाई सातदोबाटोस्थित एन्फा मुख्यालयमा नियुक्ति पत्र हस्तान्तरण गरेका थिए ।

पूर्व राष्ट्रिय खेलाडी समेत रहेका थापा ए डिभिजन टोली नेपाल पुलिस क्लबका प्रशिक्षक हुन् । उनलाई एन्फाले पहिलो पटक महिला टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो । थापाले यसअघि नेपालमै सम्पन्न महिला साफ च्याम्पियनसिपमा भने प्राविधिक अध्ययन समितिमा रहेर काम गरेका थिए ।

त्यस्तै पूर्व राष्ट्रिय खेलाडी गंगा गुरुङ महिला टोलीको सहायक प्रशिक्षक तथा सुरजकुमार लामा गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । एन्फाले मैत्रीपूर्ण श्रृखंलाका लागि बिन्द्रा देवानलाई व्यवस्थापक नियक्त गरेको छ । फागुन १ देखि १३ गते सम्म नेपाल र भारतीय राष्ट्रिय टोलीबीच मैत्रीपूर्ण खेल हुनेछ ।

प्रारम्भिक टोली:

प्रारम्भिक प्रशिक्षणमा डाकिएका खेलाडी

अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अन्जली वाइबा, अन्जना रानामगर, एन्जिला तुम्बापो सुब्बा, अनुष्का शेर्पा, विमला बिक, विमला चौधरी, चन्द्रा भन्डारी, दीपा न्यौपाने, दीपा शाही, गंगा गुरुङ, घिमकुमारी गुरुङ, गीता राना, हिमा चौधरी, हिराकुमारी भुजेल, कविता बिक, कविता धिमाल, कुशुम राई, कुशुम खतिवडा, मनिका कुश्वार, मन्जली कुमारी योञ्जन, मेनुका आलेमगर, निर्मला विक, निशा थोकर, प्रीति राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटी, सविता रानामगर, सावित्रा भन्डारी, समीक्षा घिमिरे, सञ्जु कुमाल, सपना राई, सरस्वती हमाल, सरस्वती एयर, सुरु लिम्बू, शृंजनासिंह ठकुरी, सुनिता चौधरी र उषा नाथ ।

प्रतिक्रिया