रविको नागरिकता र प्रेम आचार्यको आत्मादाह प्रकरण

नारायण गाउँले

उनी लड्नुपथ्र्यो भन्ने त म पनि भन्छु, तर कहाँ कोसित कसरी लड्ने भन्ने ठोस जबाफ मसित पनि छैन । उनको स्ट्याटस एकभन्दा बढ़ी पटक पढेँ । आफन्तसित लड्ने कि नागरिकको हकÞहित र जीवनको सुरक्षाका लागि बनाइएको पुलिससँग लड्ने कि ? हरेक अफिसमा पासो थापेर बसेको कर्मचारीतन्त्रसँग लड्ने कि, अनुदानका नाममा सरकारी सुविधा आफै उछिट्याउने जनप्रतिनिधिसँग लड्ने ? सिस्टमसँग लड्ने कि ब्यांकसँग लड्ने ? भाटभटेनीसँग लड्ने कि सरकारसँग लड्ने ?

रविजी हेर्नुस् त, एक महिना सत्तामा जान नहतारिएको भए, स्वार्थ बाझिने गरी गृहमन्त्रालयमैं जबर्जस्ती नगरेको भए, पुरानाले समेत लाज मानेको उपप्रधानमन्त्रीको झुण्डमा नमिसिएको भए आज कति धेरै नैतिक बल तपाईंसँग रहिरहन्थ्यो ? बर्सौँदेखि अरू दलले संरक्षण गरेर, अझ पुरस्कृत गरेर राखेका कोइरीलाई नसमातेको दोष पनि तपाईंलाई नै भिडाउन दलहरू सफल भए । हिजो जेजे विसंगतिको विरोध गर्नुभो आज त्यही त्यही तपाईं आफैले गरे जस्तो चित्र कोरिन पुग्यो ।

सबै बिग्रिएको छैन । हामीलाई थाहा छ, नियत होइन, प्रक्रियागत त्रुटिले गर्दा तपाईंको नागरिकता अवैध बनेको हो । अहिले पनि भएभरको जायजेथा बेचेर अमेरिका छिर्न चाहने युवाहरू देशमा छन् । तपाईं देशमैं केही गर्ने अठोट लिएर आउनुभएको हो । सिधै सांसद र मन्त्री बन्न या रेडिमेड लाभ लिन तपाईं आएको होइन, संघर्ष गर्न आउनुभएको हो । लामो समय गर्नुभएको पनि हो ।

अलिकति संयम र परिपक्वता देखाएर त्यो त्रुटि सच्याउनतिर लाग्नुहोस् । सकिन्छ भने नयाँ संस्कार प्रदर्शन गर्दै एकपल्ट माफी पनि माग्नुहोस् । तपाईंको दलले अदालतविरुद्ध नाराबाजी गर्ने हो भने त नयाँ दल र पुराना दलबीच के फरक रह्यो र ? तपाईं नेपाली नागरिक नै हो । बस्, त्यसको प्रमाणपत्र हासिल गर्ने प्रक्रिया नपुगेको हो । तपाईंको क्षेत्रमा चुनाब त हुन्छ नै । नागरिकता लिएर फेरि चुनाबी मैदानमा जन अनुमोदित हुने र अझ शक्तिशाली भएर कुनै दबाबबिना काम गर्न सक्ने अवसर तपाईंसँग छ ।

अरूले भोलि आफै विरुद्ध हतियार बनाउन सक्ने गरी केही नबोल्नुहोस् । तपाईंको दल सरकारमा छ । कुनै कानुनले तपाईंलाई उम्मेदवार बन्न छेक्छ भने त्यसलाई बदल्न पनि सकिन्छ । तर, हरेक शब्द र कदम कानुनभित्रै रहेर उठाउनुहोस् । दलहरूका लागि बालेन र तपाईं एक प्रकारको थ्रेट नै हो । तिनले न्युट्रलाइज गर्न खोज्नु स्वाभाविक छ । तर, अझै पनि एउटा ठूलो नागरिक समाजका लागि तपाइँ आशाको केन्द्र हुनुहुन्छ । भत्किएको ठाउँ टाल्दै जाने हो, थप भत्काउँदै जाने होइन । अझ लोभलाग्दो कमब्याक अवश्यम्भावी छ । त्यसलाई थप विश्वसनीय र भरोसायोग्य बनाउने काम तपाईंको हो ।

रवि लामिछानेको नागरिकता मुद्दामा कम्तिमा एनआरएनएले ऐक्यबद्धता देखाउनुपर्ने हो ! एनआरएनएले उठाएको मूल मुद्दा नेपाली नागरिकताको निरन्तरता नै हो । अर्थात्, एकपटकको नेपाली सधैँको नेपाली ।
धेरैले दाबी गरेजस्तो युरोप–अमेरिकाको पासपोर्ट लिनेले ’नेपाली नागरिकता च्यातेर’ लिएका हुँदैनन् । अधिकांश देशले दोहोरो नागरिकतालाई कानुनी मान्यता दिने हुनाले नेपाली नागरिकता कायम राखेर, देखाएर नै दोस्रो देशको नागरिकता लिन सकिन्छ । भिसा थपिरहने झन्झट, ट्याक्सको दर, शिक्षा–स्वास्थ्य र कानुनी सुरक्षा जस्ता विविध कारणले ती देशमा नागरिकता लिँदा जीवन सहज बन्छ । कुनै उपादेयता नरहेको २०–२५ वर्षअघिको एसएलसीको प्रवेशपत्र त च्यात्न सकिन्न, नागरिकता च्यात्ने भन्ने त हुँदै हुँदैन ।

हाम्रो कानुनका कारण नागरिकता ‘च्यात्ने’ विम्ब बनेको हो । अर्को देशको नागरिकता लिनासाथ नेपाली नागरिकता स्वतः कायम नरहने कानुनी व्यवस्था छ । अर्को देशको नागरिकले उसको नागरिकता नत्यागी नेपाली अंगीकृत नागरिकता लिन नसकोस् भनेर यस्तो व्यवस्था गरिएको हुनुपर्छ ।
तर, अर्को देशको नागरिकता लिएका कारण खारिज भएको नेपाली नागरिकता अर्को देशको नागरिकता छोड्नासाथ स्वतः जीवित हुने कानुनी व्यवस्था छ । यसको अर्थ के हो भने खारिज भए पनि नेपाली नागरिकता सुषुप्त अवस्थामा रहिरहन्छ । ‘कन्डिशन’ मिल्नेबित्तिकै त्यही नागरिकता जागिहाल्ने हो, अर्को होइन ।
रविले गरेजस्तै ‘गल्ती’ धेरै प्रवासी नेपालीले गरेका छन् । तिनले नेपाली नागरिकता नच्याती विदेशी नागरिकता लिएका छन् । विदेशी नागरिकतासँगै पासपोर्ट लिनु स्वाभाविक भयो । प्रायः विदेशमा नागरिकताको काम पासपोर्टबाट हुन्छ । रविले अमेरिकी नागरिकता लिएर कानुन उल्लंघन गरे होलान्, तर थप कुनै प्रकारको राष्ट्रघात या नागरिकलाई हानि नोक्सानि पु¥याउने काम गरेका छैनन् । देशलाई हानिनोक्सानि पुरÞ्याउने उद्देश्यले उनले अन्य देशको नागरिकता लिएका होइनन् । यस्तै अवस्था धेरै नेपालीको पनि हो । एनआरएनएको मुद्दा पनि यही हो ।

ग्लोबलाइजेशनको यो युगमा विश्वका अति विकसित देशले समेत दक्ष जनशक्ति र लगानी देशमा भित्र््याउन होड़बाजी गरिरहेका हुन्छन् भने नेपालले अध्ययन या व्यवसायका सिलसिलामा बाहिर गएर त्यहाँको नागरिकता लिनेहरूलाई साबिकको नेपाली नागरिकता कायम राख्न दिँदा देशलाई केही घाटा नहुनुपर्ने हो । भोलि रविजस्तै सबै राजनीति गर्न आउँछन् र हामी पछि पर्छौं भन्ने डर हो भने राजनीति गर्न चाहिँ अर्को देशको नागरिकता छोडेर आउनुपर्ने बनाउन सकिन्छ । अरू त विदेशमा बस्ने नेपालीले नेपाली नागरिकता कायम राखेर देशबाट लुट्ने कुरो के होला र ? बरु नागरिकता नहुने हो भने तिनले भएको सम्पत्ति बेचेर पैसा लैजान सक्छन् । यो शताब्दीमा कानुनलाई तगारोको रूपमा प्रयोग गर्ने होइन, सहजीकरणको उपकरणको रूपमा प्रयोग गर्ने हो । गुणदोषका आधारमा कानुन बदल्ने हो । संसद त्यसैका लागि चाहिने हो । नत्र एकपल्ट कानुन बनेपछि अदालत भए पुगिहाल्थ्यो ।

प्रेम आचार्यको आत्मादाह

नेता, सरकार, सिस्टम परको कुरो भयो, तर सत्य के हो भने यदि उनले आत्मदाह नगरेको भए उनको त्यति लामो स्ट्याटस मैले पनि शायदै पढ्ने थिएँ । आत्मदाह पक्कै समाधान होइन, तर समाधान के हो त भन्न सक्ने अवस्थामा पनि म छैन ।

उनी लड्नुपथ्र्यो भन्ने त म पनि भन्छु, तर कहाँ कोसित कसरी लड्ने भन्ने ठोस जबाफ मसित पनि छैन । उनको स्ट्याटस एकभन्दा बढ़ी पटक पढेँ । आफन्तसित लड्ने कि नागरिकको हकÞहित र जीवनको सुरक्षाका लागि बनाइएको पुलिससँग लड्ने कि ? हरेक अफिसमा पासो थापेर बसेको कर्मचारीतन्त्रसँग लड्ने कि, अनुदानका नाममा सरकारी सुविधा आफै उछिट्याउने जनप्रतिनिधिसँग लड्ने ? सिस्टमसँग लड्ने कि ब्यांकसँग लड्ने ? भाटभटेनीसँग लड्ने कि सरकारसँग लड्ने ?

हरेक कदममा, हरेक मोड़मा, हरेक सासमा बाधा छ, लूट छ, शोषण छ, अव्यवस्था छ, नातावाद छ, विसङ्गति छ । कतितिर लडि़सक्ने ? आफ्नै मनलाई सान्त्वना दिन उनमा मानसिक असन्तुलन पो थियो कि भन्ने सोच्छु, तर उनका हरेक शब्द ¥यासनल छन्, धेरैलाई आफैले भोगेजस्तो लाग्ने छन् । धेरैले कदमकदममा अनुभव गरिरहेका सत्य जस्ता भोगाइ छन् ।

संघर्ष नगरिकनै छिटै हार माने कि भन्न पनि मन तयार हुँदैन । उनका अनुभव र सुझावहरू पढ्दा र उनले खाएका धक्काहरू गन्दा मन आत्तिन्छ । लेख्न बाँकी केही छैन । समस्या पनि उनैले लेखेका छन्, पीड़कहरू पनि उनैले चिनाएका छन् । समाधान पनि उनैले सुझाएका छन् । सुन्नेहरूको कमी छ जस्तो पनि लाग्दैन । तर एक हप्तापछि हाम्रा प्राथमिकता र मुद्दाहरू फेरिनेछन् । हाम्रो राष्ट्रिय समस्या नागरिकता हो, राष्ट्रपतिको निर्वाचन हो, प्रदेश हो, ढोक्सा हो । एकले अर्कालाई राष्ट्रघाती भन्ने, भ्रष्टाचारी भन्ने र पाएको दिन मिलेर खाने हाम्रो मुद्दा हो ।

कुन दलले कुन दललाई कसरी थाङ्नामा सुताउन सक्यो भन्ने हाम्रो राष्ट्रिय सफलता हो ! त्यो हिजो पनि थियो र भोलि पनि हुनेछ ! संसद एक महिनादेखि भाषण स्थल बनेको देख्नुभएकै छ । भोलि सत्ता र प्रतिपक्षबाट प्रेमप्रसादको नाम लिएर फेरि तीन–चार थान भाषण हुनेछन् । जसले अलि भावुक बोल्नेछ, हामीले वाह वाह भन्दै क्लिप शेयर गर्नेछौं ।

प्रसंगवश, कता कता मनमा लागेको चाहिँ, हामीभित्र घरपरिवारमा, छरछिमेक र साथीभाइमा मानसिक स्वास्थ्यबारे पनि छलफल, काउन्सिलिङ र संवेदनशीलता हुने हो भने केही ज्यानहरू बचाउन सकिन्थ्यो कि भन्ने हो । अन्य देशमा जस्तै हाम्रा प्रहरीदेखि स्कुल कलेजमा आगो नियन्त्रणबारे नियमित रूपमा सघन तालिम दिने व्यवस्था हुन्थ्यो भने केही जीवन बच्ने थियो कि भन्ने हो । ठ्याक्क भन्न त म शब्दहीन छु । भावपूर्ण श्रद्धाञ्जलि ।

(फेसबुकबाट)

प्रतिक्रिया