पर्साको पकहामैनपुरमा उपाध्यक्ष टि२० क्रिकेट प्रतियोगिता सम्पन्न

पर्सा । पर्साको पकहामैनपुर गाउँपालिका ५ सबैठवामा डायमण्ड क्रिकेट क्लबले योजना गरेको उपाध्यक्ष टि २० क्रिकेट प्रतियोगिताको फाईनल खेलमा डायमण्ड क्रिकेट क्लबले जित हासिल गरेको छ । डायमण्ड क्रिकेट क्लबले पकहामैनपुर र बिन्दबासनी क्रिकेट कल्ब बिच भएको फाईनल खेलमा डायमण्ड क्रिकेट कल्ब ले ३५ रनले जित हासिल गरेको छ ।

फाईनल खेलमा म्यान अफ दि म्यान डायमण्ड क्रिकेट क्लब पकहामैनपुरका बिजय पटेल घोषणा भए । आयोजक कमिटीले बिजेता र उपबिजेताहरु लाई नगद समेत बितरण गरेको छ । बिजेतालाई ५० हजार र उपबिजेतालाई २५ हजार नगद समेत सिल्ड बितरण गरिएको हो ।

सो अवसरमा पकहामैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहता र उपाध्यक्ष सरफुन नेशा खातुन र पूर्व गाविस अध्यक्ष नसरुलाह मियाँ, नेपाली कांग्रेसका प्रदेश सदस्य एवं युवा नेता राकेस कुशवाहा, संस्थाका अध्यक्ष नसिर हुसेन र जाकिर हुसेनलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया