रियलमी १० प्रो प्लस फाइभ जी नेपाली बजारमा

काठमाडाैं । स्मार्टफोन ब्रान्ड रियलमीको फ्ल्यागशिप लेबल कर्भ भिजन डिस्प्ले सहितको प्रिमियम स्मार्टफोन रियलमी १० प्रो प्लस फाइभ जी नेपालमा आएको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले यसबारे जानकारी गराएका हुन् ।

उनले भने, ‘रियलमी १० प्रो सिरिजको नयाँं सदस्यको रुपमा रियलमी १० प्रो प्लस फाइभ जी लाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । रियलमी १० प्रो प्लस फाइभ जी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ । एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँँ–नयाँँ प्रविधि युक्त उत्पादनहरू उपभोक्ता माझ ल्याउन प्रयासरत हुन्छौँ । र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो प्लस फाइभ जी लाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ । हामीलाई आशा छ रियलमी १० प्रो प्लस फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ ।’

रियलमी १० प्रो प्लस फाइभ जी यो सेग्मेन्टकै पहिलो फोन हो, जसमा फ्ल्यागशिप लेबल १२० हर्जको कर्भड भिजन डिस्प्ले रहेको जनाइएको छ । त्यस्तै यसमा २१६० हर्ज पिडब्ल्युएमको डिमिङ रहेको छ, जुन नेपालकै पहिलो हो । आकर्षक हाइपरस्पेस गोल्ड रंगमा उपलब्ध रियलमीको अहिलेको बजार मुल्य ४५,९९९ रहेको छ । यसमा स्टोरेज अप्सन ८ जिबि+१२८ जिबि रहेको छ । पौष ९ गते शनिबारदेखि नेपालभरी उपलब्ध हुने यस रियलमी टेन प्रो प्लस फाइभ जी किन्ने ५० जना भाग्यशाली ग्राहकहरुले रियलमीको तर्फबाट एउटा सफारी ब्याग उपहारको रुपमा प्राप्त जनाइएको छ।

प्रतिक्रिया