कुचो बोकेर विद्यार्थी राजमार्गमा

तर बुधबार बिहानको दृष्य भने फरक थियो । उनीहरूको हातमा मोबाइल थिएन । उनीहरू कोही टिकटक बनाइरहेका देखिदैनथे । सबैको ध्यान थियो सडकमा र सबैका हातमा थिए – कुचो ।

स्याङ्जा । सार्वजनिक सवारी साधन र घरबाट फालिने फाहोरले सिद्धार्थ राजमार्ग अव्यवस्थित भएसँगै किताब बोक्ने विद्यार्थीहरू कुचो लिएर सरसफाइमा निस्केका छन् । स्याङ्जाको वालिङमा रहको पाइनिअज उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि स्नातक तह सम्मका विद्यार्थीले राजमार्गको करिब दुई किलोमिटर सडक सरसफाइ गरेका छन् ।

सानै उमेरदेखि सामाजिक कामको अभ्यस्त गराउँदै विद्यार्थीलाई जिम्मेवार बनाउन यो अभियान सुरु गरिएको विद्यालयका प्रिन्सिपल मेघराज गैह्रेले बताए । ‘पठनपाठनसँगै समाजिक हितको लागि प्रयोगात्मक सिकाइ हाम्रो अभ्यास हो, यसलाई निरन्तरता दिन्छौँ’, गैह्रेले भने ।

बुधबार वालिङको मिर्दीदेखि भकुण्डेसम्म राजमार्ग सरसफाई गर्न जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी र शिक्षकसमेत सहभागी थिए । राजमार्ग उेउछाउमा बसेर आफ्नै घरअघि फोहोर फाल्ने नागरिकलाई यो अभियानले सचेत र जिम्मेवार बनाएको नगरप्रमुख कृष्ण खाँणले बताए ।
खाँणले भने, ‘आफ्नो घर अगाडिको फोहोर फाल्न विद्यार्थी आएपछि नगरिकले फाहोर गर्न हुन्न भन्ने विषयमा सचेत हुनेछन् ।’

स्मार्ट नगरको रूपमा अगाडि बढेको वालिङमा सरसफाई पनि महत्वपूर्ण रहेको नगर उपप्रमुख कविता गैह्रेले बताइन् । अहिले सिद्धार्थ राजमार्गमा भारतीय नं प्लेटसहित निजी तथा सार्वजनिक झण्डै एक हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् । ट्राफिक कार्यालयले सार्वजनिक सवारी साधनमा डस्टबिन अनिवार्य गरे पनि कार्यान्वयन हुन नसक्दा यात्रुले फोहोरजन्य बस्तु राजमार्गमा नै फाल्ने गर्दछन् । अझ वालिङ नगरपालिकाले फोहोर संकलन गर्न घरघरमा सवारी साधन पु¥याउने गरेको त छ, तर फोहोर सडक छेउछाउमा फाल्ने प्रवृत्ति भने हराएको छैन । स्थानीय तहले अभियान सञ्चालन गरे पनि नागरिकले पनि सरसफाई आफ्नो दायित्व हो भन्ने महसुस गर्न जरुरी छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया