सहकारीलाई उत्पादनसँग जोडेर लैजानुपर्नेमा जाेड

प्युठान । प्युठानको झिमरुक गाउँपालिकामा संचालित सहकारी संस्थाहरुले आफुलाई बचत संकलन संगसंगै उत्पादनशील क्षेत्रम जोडेर लैजानुपर्ने आवश्यकता रहेको झिमरुक गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बताएका छन् । भुमेथान महिला बचत तथा ऋण सहकारी संस्था झिमरुक गाउँपालिका-६ नेटाको ११औं साधारणसभामा बाेल्दै अध्यक्ष महतरा क्षेत्रीले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानीका दायरा बढाउन सकेमात्र गरिबी न्यूनीकरणमा टेवा पुग्ने र आर्थिक अवस्थामा सुधार ल्याउन सकिने बताएका छन् । उनका अनुसार पालिकाभर ३२ वटा सहकारी विधिवत रुपमा दर्ता भइ संचालनमा छन् ।

‘पालिकामा दर्ता भएका सहकारीहरुको बिकास र प्रबर्द्धनको लागि ठोस कार्ययोजना बनाएर अगाडि बढ्ने तयारी गरेका छौँ ।’ उनले भने, ‘त्यस्को लागि यसै आर्थिक वर्षमा सहकारीको प्राविधिक क्षेत्रमा काम गर्ने गरि १४ लाख बजेट समेत ब्यवस्था गरेको बताए ।’

२ सय ८५ जना महिला सदस्य भएको सहकारीले बालबालिका तथा जेष्ठ नागरिकलाई सहयोग पुग्ने, पोषणको क्षेत्रमा सहयोग गरेको सेयर सदस्यहरुको घरपरिवारको मृत्यु भएमा किरिया खर्च उपलब्ध गराएको असल ऋणि र जेष्ठ नागरिकलाई सम्मान गर्ने सुत्केरी महिलाहरुलाई अर्थिक सहयोगको प्याकेज लैजाने जस्ता निकै महत्वपूर्ण कार्य गरेको भन्दै अध्यक्ष महतरा क्षेत्री सहकारीको प्रसंशा गरे । असल कार्यको अन्य सहकारीले पनि अनुसरण गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा झिमरुक गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष धनबहादुर पुन, बचत तथा ऋण जिल्ला सहकारी संघ प्युठानकी उपाध्यक्ष माया गिरी, झिमरुक सहकारीकी संयोजक कमला रिजाल, समाजसेवी बुद्धिजीवी लगायतले संस्थाको प्रगतिको शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहकारीले उल्लेखनीय योगदान गरेको भन्दै गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीलाई सम्मान गरेको छ । त्यस्तै सहकारीमा आवद्ध जेष्ठ नागरिक असल ऋणि सहकारीका पुर्व कार्य समिति सदस्य लगायतले गरेको योगदानको उच्च मुल्यांकन गर्दै कार्यक्रममा सम्मान गरिएको थियो ।

सहकारी संस्थाकी अध्यक्ष राधा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिबेदन सचिव मुना केएम र आर्थिक प्रगति प्रतिबेदन कोषाध्यक्ष इन्दिरा पोख्रेलले प्रस्तुत गरेका थिए । सहकारीको कुल बचत ४१ लाख ८९ हजार ६ सय ५८ रुपैया रहेको आर्थिक प्रतिबेदनमा उल्लेख छ । २०६७ सालमा स्थापन भैइ ११ वर्ष पूरा गरेको यो सहकारीले अहिलेसम्म २ लाख नाफामा रहेको जानकारी दिएको छ ।

बासुदेव गिरी

प्युठान

प्रतिक्रिया