तीन हजारबाट तीन अर्वको सम्पती

काठमाडौं । भक्तपुरकै सवैभन्दा ठूलो सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्थाको सम्पती २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जनाएको छ । ३१ जनाको तीन हजार एक सय रकमबाट सुरु भएको संस्थाले हाल १६ हजार एक सय २३ जना सदस्यबाट २ अर्व ६६ करोड ६६ लाखभन्दा बढीको सम्पत्ति निर्माण गर्न सफल भएको जानकारी गराइएको हो ।

संस्थाको २९औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिको आयोजनामा भएको सीपमूलक तालिम, खेलकुद प्रतियोगिता तथा अनिवार्य शिक्षा शिविरमा बोल्दै अध्यक्ष रुद्रनारायण लाखाले सहकारी, सहकारीता र संस्थाका अवधारणागत पक्षहरुबारे संस्थागत प्रस्तुति दिए ।

सिद्धि गणेश ऐन, कानुन तथा सहकारीका अन्तराष्ट्रिय मान्यता अनुसार सञ्चालन भैरहेको संस्था भएकोले वर्तमान तरलताको समस्याग्रस्त वित्तीय वातावरणमा पनि पूर्णत सुरक्षित रहेको विचार व्यक्त गरे । संस्थाका व्यवस्थापक शिला गोसाईंले संस्थाका सेवा सुविधाबारे संस्थागत प्रस्तुती दिदै अनिवार्य शिक्षा शिविरमा उपस्थित सदस्य मात्रै संस्थाबाट प्रदान गरिने सबैखालका सुविधाका लागि योग्य हुने बताइन् ।

सिद्धि गणेश साकोसले सदैव सदस्यको आर्थिक विकासलाई प्राथमिकतामा राखी कार्य गर्दै आइरहेको जानकारी उनले दिइन् । आयोजक उपसमितिका संयोजक एवं सभापति सञ्चालक विष्णुप्रसाद दुमरुले संस्था सदस्यको स्वार्थ अनुकुल भए नभएको जानकारी दिन र सदस्यहरुलाई सहकारी अभियान सम्बन्धि जानकारी दिने उद्देश्यका साथ स्थापनाकालदेखि शिक्षा शिविर सञ्चालन गर्दै आइरहेको बताए ।

तत्कालिन समाजको आर्थिक क्षमता उकास्नका लागि सिद्धि गणेश साकोसको स्थापना गरेको स्मरण गरे । ५५ जना सदस्यको उपस्थिति रहेको शिविरमा आयोजक उपसमितिका सचिव किरण वनमाला, उपसमिति सदस्य रामहरी ताम्राकारले सहकारीको महत्वबारे चर्चा गरे ।

प्रतिक्रिया