पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त भएका छन् । संविधानको धारा १६८(२) बमोजिम प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारीले ६० सदस्यीय प्रदेशसभामा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका थिए ।
अधिकारीलाई आजै ५ बजे प्रदेश प्रमुखले आफ्नै निवासमा सपथ खुवाउनेछन् । अधिकारीसँगै आज नै एमालेबाट रोशन गाहा, नेकपा (माओवादी केन्द्र) बाट हरि चुमान र सुशिला सिंखडा तथा राप्रपाबाट पञ्चराम गुरुङ मन्त्री बन्दैछन् ।
प्रतिक्रिया