शेयर बजारमा उत्साह, एकै दिन गरे ४ अर्ब ४ कराेड रुपैयाँकाे काराेबार

काठमाडाैं । पछिल्लो एक हप्तायता शेयरबजारमा लगानीकर्ताको उत्साह बढ्दो देखिन्छ । नेप्से सूचक बढेसँगै लगानीकर्ता उत्साहित बन्दा बजारको क्रयशक्ति पनि क्रमश: बढ्न पुगेकाे हाे । आइतबार नेप्से सूचक १७.२६ अंकले बढेर २०४६.२९ अंकमा बन्द हुँदा २ सय ६१ कम्पनीको १ करोड कित्ता शेयर ४ अर्ब ४ करोड रुपैयाँमा कारोबार भएको हो ।

कारोबार सुरु भएबाटै बढेको बजारले १२ बजेपछि ओरालो यात्रा गरेपछि बजार १७ अंकले मात्रै बढेर बन्द हुन पुुग्यो । जबकि खुलेको एक घण्टामै सूचक ४५ अंकले बढिसकेको थियो । कारोबार सुरु भएसँगै उचालिएको सूचक एक घण्टापछि सम्हालिँदै अन्त्यमा १७ अंकमा खुम्चिन पुुगेको थियो ।

दोहोरो अंकले बढेको बजारमा आज १ सय २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८७ कम्पनीको घटेको छ । बाँकी ४ कम्पनीको मूल्यमा भने परिर्वतन देखिएन ।

बढ्नेमा भने आज र्सिजनशील लघुवित्त अगाडि छ । यो कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने अन्य ४ कम्पनीको पनि सर्किट लेबलमै मूल्य बढेको छ । घट्नेमा भने आज म्युुचअल फण्ड अगाडि छन् । जसमा सिद्धार्थ इक्विटी फण्डको ५.५७ प्रतिशतले शेयरमूल्य घटेको छ । योसँगै एनआरएन इन्फ्रास्ट्रक्चर, मिथिला लघुवित्तलगायतका कम्पनी पनि गुमाउनेको सूचीमा छन् ।

कारोबारमा भने आज नबिल बैंक अगाडि छ । यो बैंकको २२ करोड रुपैयाँबराबरको शेयर किनबेच हुँदा नेपाल दूरसंचार कम्पनीको १९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया