हेटौंडा । नेपाली कांग्रेस वाग्मती प्रदेश सभा संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन् । आज बुधबार भएको निर्वाचनबाट लामा निर्वाचित भएका हुन् । उनीसँग संसदीय दलको नेतामा संस्थापन पक्षकै नेताहरु ईन्द्रबहादुर बानियाँ भिडेका थिए ।
लामाले २१ मत पाए भने, बानियाँले १६ मत पाए । लामा नुवाकोटको क्षेत्र २ (ख) बाट निर्वाचित सांसद हुन् । वाग्मती प्रदेशमा कांग्रेसमा कांग्रेसका ३७ प्रदेश सभा सदस्य छन् ।
प्रतिक्रिया