काठमाडाैं । बागमती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नुवाकाेटबाट निर्वाचित माओवादी केन्द्रका ढुंगानालाई शपथ खुवाएका हुन् ।
बागमती प्रदेशका १ सय १० सांसदमध्ये ढुंगाना सबैभन्दा ज्येष्ठ सांसद हुन् । उनको जन्म विसं २००६ असोज २ गते नुवाकोटमा भएको थियो । ढुंगानाकै अध्यक्षतामा प्रदेशसभाकाे पहिलाे बैठक बस्दैछ ।
संवैधानिक व्यवस्था अनुसार अध्यक्षले शपथ लिएकाे १५ दिनभित्र प्रदेशसभाले सभामुख चयन गर्नुपर्नेछ । भाेलि (बिहीबार) ढुंगानाले प्रदेशका १ सय ९ जना सांसदलाई शपथ खुवाउने कार्यसूची छ ।
प्रतिक्रिया