बास नेपालद्वारा शैक्षिक सामाग्री किन्न आर्थिक सहयोग

बझाङ । बागेश्वरी असल शासन क्लब (बास नेपाल) ले आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमकाबीच जयपृथ्वी नगरपालिका ११ का वडाध्यक्ष सर्जनबहादुर थापाको पहल र बास नेपालको आर्थिक सहयोगमा आर्थिक सहयोग गरिएको हो । सो अवसरमा जुनेली बोहरा, पुस्पा थापा, कविता धामी र अन्तीम थापालाई शैक्षिक सामाग्री र लुगा कपडा खरीद गर्नका लागी आर्थिक सहयोग गरिएको बास नेपालले जनाएको छ ।

कार्यक्रममा बोल्दै बास नेपालकी मनो सामाजिक कार्यकर्ता सरसती बोहराले बास नेपालले बझाङ जिल्ला भरीका एक सय २० भन्दा बढी अनाथ असाह्य गरीव जेहेन्दार बालबालिकालाई आर्थिक सहयोग गरेको बताइन् । आगामी दिनहरुमा पनि आर्थिक सहयोग पाउनुपर्ने बताइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले पछिल्ला दिनहरुमा पनि बास नेपालसँग सदैव सहकार्य साथ रहने र वडा भित्र रहेका बालबालिका तथा महिलाहरुको लागि वडा कार्यालयबाट सहयोग रहने बताए । आर्थिक सहयोग कार्यक्रमा वडा सचिव कविन्द्र घर्ती, बास नेपाल बझाङ साखाका अध्यक्ष रमेश सिंह, सचिव टेकेन्द्र बोहरा लगाएतको उपस्थीति रहेको थियो । बास नेपालले देशैभर भष्ट्राचार, सुशासन, महिला बालबालिकाहरको क्षेत्रमा काम गर्दै आएको छ ।

प्रतिक्रिया