कालिकोट । कर्णाली नदिमा डोजर दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा अन्य तीन जना बेपत्ता र तीन गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
बहुचर्चित राष्ट्रिय महत्वको निर्माणाधिन फुकोट जलासययुक्त जलविद्युत आयोजनामा काम गरिरहेको डोजर दुर्घटनामा परेको हो । डोजर कर्णाली करिडोरको सान्नित्रिवेणी १ लालिघाटस्थित लुसाभिरवाट कर्णाली नदिमा खसेको हो ।
डोजरमा रहेका सात जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना कर्णाली नदीमा बेपत्ता भएका छन् । अन्य तीन जनालाइ घाइते अवस्थामा उद्धार गरिएको छ । डोजर दुर्घटनामा सान्नित्रिवेणी १ का अन्दाजी १७ वर्षका चरित्र बिक र सान्नित्रिवेणी– १ का अन्दाजि १४ वर्षका युवाराज बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सान्नित्रिवेणी १ कै नर गिरीका छोरा उमेश गिरी र अछाम घर भई डोजर चालक रहेका कमल सोडारी बेपत्ता रहेका छन् । डोजरमा रहेका रास्कोट नगरपालिका ७ का मिलन शाही गम्भीर घाइते भएका छन् ।
घटनामा तीन जना घाइते भएका हुन् । घाइते खाडाचक्र ११ बरातुका विवेक भारती र विकास भारती पनि घाइते छन् । घाइतेको उद्धार गरी प्रहरी र स्थानीयले जिल्ला अस्पतालमा ल्याइएको छ ।
कालिकाेट
प्रतिक्रिया