बास नेपाल बझाङको आयोजना हाजिरीजवाफ प्रतियोगिता

बझाङ । बागेश्वरी असल शासन क्लब (बास नेपाल) बझाङ शाखाको आयोजना र जयपृथ्वि नगरपालिका शिक्षा र सामाजिक विकास कार्यालयको आर्थिक सहयोगमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच अन्र्तराष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस तथा बास नेपालको २२औँ बार्षिकोत्सवको अवसरमा सदरमुकाम चैनपुरमा रहेको मेरिगोल्ड ईङ्लिस बोडिङ स्कुलमा हाजिरीजवाफ प्रतियोगीतामा सम्पन्न भएको हो ।

प्रत्योगिता कार्यक्रमको अध्यक्षता बास नेपाल बझाङका अध्यक्ष रमेश सिंहले गरेका थिए भने, कार्यक्रममा प्रमुख अतिथि मेरिगोल्ड ईङ्लिस बोडिङ् स्कुलका शिक्षक दलबहादुर शाही, अतिथिमा बास नेपाल बझाङ शाखाका उपाध्यक्ष रुपक खङ्का र सचिव टेकेन्द बोहरा रहेका थिए ।

हाजिर जवाफ प्रतियोगितामा उक्त स्कुलका आठ टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम, दृत्तीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप प्रमाण पत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा भष्ट्रचार र सुशासन समन्धी विषय प्रश्न समावेश थिए ।

प्रतिक्रिया