चोलेन्द्रको महाभियोग प्रस्तावमा सफाइ दिने निर्णयविरुद्धको रिटमाथि बहस सकियो

काठमाडौं । महाभियोग प्रस्ताव आएपछि गत फागुन–१ देखि निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई सफाइ दिनेगरी पत्र दिने संसद्का महासचिव डा. भरतराज गौतमको निणयविरुद्धको रिटमातिथको बहस सकिएको छ । गत बुधबार संघीय संसद् सचिवालयका महासचिव डा.गौतमले महाभियोग निस्प्रभावी भएको भन्दै चोलेन्द्रसहित सरोकारवाला निकायलाई पत्र पठाएका थिए ।

त्यससँगै चोलेन्द्रले पत्र सार्वजनिक गर्र्दै सर्वोच्च फर्किन लागेको जानकारी गराएका थिए । डा. गौतमको उक्त निर्णयले सिंगो न्यायपालिकासँगै राजनीति तरंगित भएको थियो । त्यसविरुद्ध सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यसहित नौजनाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले रिटमा शुक्रबारको पेसी तोक्दै संवैधानिक इजालसमा राखेको थियो । त्यसका विषयमा आज पाँचजना अधिक्तिाले बहस गरेका छन् । बहस सकिएको छ ।

प्रतिक्रिया