प्रभु र सेञ्चुरी बैक बीच मर्जर सम्झौता

काठमाडौ । प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक बीच मर्जर सम्झौता भएको छ । राजधानीमा एक कार्यक्रमबीच दुई बैंकबीच (एक्विजिसन) का लागि अन्तिम सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकका संयुक्त प्राप्ति (एक्विजिसन) समितिका संयोजक रमेशसिंह खड़का र सेञ्चुरी बैकका संयुक्त एक्विजिसन समितिका सदस्य मनबहादुर राईले हस्ताक्षर गरेका छन । योसँगै यी दुई बैक अब एक बन्ने भएका छन ।

सम्झौताअनुसार प्रभुले सेञ्चुरीलाई १ः१ रेसियोमा प्राप्ति गर्ने भएको हो । यी दुवै बैंक एक भए पश्चात पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले जानकारी दिए । मर्जरमा जानका लागि यी दुवै बैंकले नेपाल राष्ट्र बैंकबाट भदौ २० मा सैद्धान्तिक सहमति प्राप्त गरेका थिए ।

प्रतिक्रिया