चौरासी पूजामा विद्यालयमा अक्षयकोष स्थापना

नवलपुर । कावासोती-३ स्थीत जनविकास विद्याश्रम आधारभूत विद्यालयमा स्थानीय डण्डपानी भण्डारीले आफ्नो चौरासी पूजाको अवसर पारेर अक्षयकोषको स्थापना गरेका छन् । भण्डारीले बुधबार पचास हजार दुई सय दस रुपैयाँको चेक विद्यालयलाई हस्तान्तरण गरि अक्षयकोषको स्थापना गरेकाे हो । विद्यालयको शैक्षिक भौतिक र आर्थिक गुणस्तर अभिवृद्धि गर्न टेवा पुगोस भन्ने पवित्र भावनाका साथ अक्षयकोष स्थापना गरिएको भण्डारीले बताए ।

ज्येष्ठ नागरिक र सामुदायिक संस्थाहरु समाजका अमुल्य सम्पत्ति भएकाले यी दुबैलाई सम्मान र सहयोग गर्नु समाजका सबै नागरिकको दायित्व हुने भएकाले आफुले पनि चौरासी पूजाको सुखद अवसरमा विद्यालयलाई सक्दो सहयोग गरेको बताए । भण्डारीले चौरासी वर्षको उमेरमा पनि आफुले सामाजिक दायित्व निर्वाह गर्ने अवसर पाएकोमा आफूलाई निकै खुसी लागेको बताए ।

अक्षयकोषको स्थापनाले विद्यालयको वृत्ति विकासका लागि महत्त्वपूर्ण टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक प्रेम न्यौपानेले बताए । विद्यालयमा यसअघि कावासोती ३ निवासी ज्ञानेन्द्र न्यौपानेले एक लाख एक हजार रुपैयाँको र सिद्धार्थ आवासीय माविका प्रिन्सिपल भोजराज दाहालले एक लाख एक हजार एक रुपैयाँको अक्षयकोषको स्थापना गरेका छन् ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया