लमजुङको बेसीशहरमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका– १० को एक विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ ।

वडा नम्बर १० को खासुर बेसीमा रहेको श्री जनजागृति माध्यामिक विद्यालयमा १९० जना विद्यार्थीहरुलाई झोला, स्टेशनरी ,ज्यामेतिब्कस, साबुन लगायत अन्य शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक समाग्री अनिल अधिकारीको संंयोजकत्वमा वितरण गरिएको थियो ।

उक्त सामाग्री सुरेस प्याकुरेल र जनजागृति मााध्यामिक विद्यालयका साहायक प्रअ कुमार अधिकारीको पहल तथा चाईना फाउन्डेसन र हिमानी ट्रस्टको साझेदारीमा वितरण गरिएको विद्यालयका प्रधानध्यापक नन्दबाहादुर घलेले बताए । साथै, बालबालीकाहरुलाई शैक्षिक सामग्री वितरण र्दा निकै खुसी भएको प्रअ घलेले बताए ।

प्रतिक्रिया