‘विराट एक्स्पो २०७९’ आयोजना हुँदै

काठमाडाैं । उद्योग संगठन मोरङले ‘विराट एक्स्पो २०७९’ आयोजना गर्ने भएको छ । उक्त एक्स्पोमा ‘कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ हुनेछ । उद्यमी–व्यवसायीलाई व्यावसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न सघाउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

प्रदर्शनी विराटनगर महानगरपालिका वडा नं. १४ स्थित डिग्री क्याम्पसको प्रांगण पुरानो हवाई फिल्डमा मंसिर २९ देखि पुस ६ गतेसम्म हुनेछ ।

प्रतिक्रिया