फुयाँल पुरस्कृत

काठमाडौं । यस वर्षको खिलशर्म–राजीवलोचन जोशी स्मारक पुरस्कार साहित्यकार श्रीहरि फुयाँललाई प्रदान गरिएको छ । खिलशर्म–राजीवलोचन जोशी प्रतिष्ठानद्वारा राजीवलोचन जोशीको ९४औँ स्मृति दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनलाई २० हजार राशिको उक्त पुरस्कारबाट सम्मान गरिएको हो । नेपाली साहित्यको विविध क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि निरन्तर सेवा गरेको भन्दै प्रतिष्ठानले साहित्यकार फुयाँललाई सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति जगमान गुरुङले फुयाँललाई बधाई दिँदै नेपाली साहित्यको माध्यमिक कालमा साहित्यकार राजीवलोचन जोशीको महत्वपूर्ण योगदान रहेको विचार व्यक्त गरे ।

उनले भने, ‘साहित्यकारलाई सम्मान गर्दा समग्रमा राज्यकै सम्मान हुन्छ यसबाट देशको उन्नति प्रगति हुन्छ । यस प्रतिष्ठानले शास्त्रीय मर्यादालाई कायम राखेको छ । साहित्य र साहित्यकारको सम्मानमा गरेको काम प्रसंशनीय छ ।’

प्रतिक्रिया