जियाङ जेमिन : जसले चीनको विकासमा पखेटा जडान गरे

एजेन्सी । जियाङ जेमिन त्यस पुस्ताका नेता थिए जब चीनलाई तिब्र आर्थिक विकासका लागि ठूलो परिणाममा पूँजीको आवश्यकता थियो । जियाङ जेमिनले चीनको बजार खोले । चीन विश्व व्यापार संगठन (डब्लुटिओ) को सदस्य बन्यो । त्यसपछि संसारकै सबैभन्दा धेरै जनसंख्या भएको यो मुलुकको आर्थिक विकासमा पखेटा जडान गरिएको जस्तै भयो ।

जियाङ जेमिन चीनका ती कम्युनिष्ट नेता थिए जसले त्यस्तोे आर्थिक नीतिहरूको अवलम्वन गरे जसले समाजवादी चीनको पूँजीलाई गतिलो खुराक मिल्यो । बलियो पार्टी नेतृत्व, केन्दीकृत सत्ता र समाजवादी बजार अर्थतन्त्रको बलमा त्यो चीनको जग बसाले जसलाई आज आकासतिर टाउको फर्काएर हेर्नुपर्छ ।

जियाङ जेमिन मार्च १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति रहे । ३० नोभेम्वर २०२२ मा ९६ वर्षको उमेरमा उनले संसारलाई अल बिदा भने । जियाङ जेमिनको कार्यकालमाथि नजर दौडाउँदा हामी के पाउँछौ भने उनले साम्यवादको असरका कारण झोक्राएको चीनको अर्थतन्त्रलाई पूँजी प्रवाहको सुनिश्चितता गरे । यसैको जगमा चीन आउँदा केही दशकमा संसारको सर्वोच्च आर्थिक शक्ति बन्ने लाइनमा उभिएको छ ।

मकाउ र हङकङ चीनमा ल्याउने राष्ट्रपति


जिया जेमिनको कार्यकालमा नै ब्रिटेनले हङकङ (१९९७) र पोर्चुगलले मकाउ (१९९९) चीनलाई सुम्पेका थिए । यसअघि यो क्षेमा चीनको संप्रभुता थिएन । चीनले वर्षौदेखि यी क्षेत्रमा आफ्नो दावी गर्दै आएको थियो । तर, यी दुवै क्षेत्र युरोपिय शक्तिहरूको अधिनमा थिए । आखिरमा ९० को दशकमा जियाङ जेमिनको असरदार विदेश नीतिका कारण बेलायत र पोर्चुगलले यी दुवै क्षेत्र चीनलाई सुम्पिदिए ।

यसैक्रममा चीनले २००८ मा ओलम्पिक खेलको आयोजक बन्ने अवसर प्राप्त ग¥योे । यही त्यो समय थियो जब २००१ मा चीन विश्व व्यापार संगठनको सदस्य भएको थियो । त्यसपछि चीनले तिब्र आर्थिक विकास हासिल ग¥यो । यही समय चीनको आर्थिक बृद्धिदर ८ प्रतिशतमाथि बुर्कुसी मार्दै थियो । २००८ मा ओलम्पिक खेलको क्रममा संसारले जब चीनको आर्थिक विकासको झलक देख्यो तब संसारले उदाउदैं गरेको चीनको शक्तिको चाल पायो ।

कारखाना इञ्जिनीयरबाट सुरुवात

एउटा कारखानामा इञ्जिनीयरकारूपमा काम गर्ने जियाङ जेमिन १९९३ मा जब चीनको राष्ट्रपति बने त्यसबेला संसार परिवर्तनको बाटोमा हिड्दै थियो । भारतले विश्वसामु आफ्नो बजार खोलिसकेको थियो र चीनले पनि यसदिशामा पाइला चाल्यो ।

जियाङ जेमिनले चीनको आर्थिक सुधारहरूको लामो यात्रा तय गरे । यसलाई समाजवादी बजार अर्थतन्त्रको रूपमा चिनिन्छ । समाजवादी बजार अर्थतन्त्र विकासको त्यो स्वरूप हो जसमा सरकारी उद्योगहरूको वाहुल्यता र प्रमुखता हुने गर्छ ।

त्यानमेन काण्डदेखि सत्ता प्राप्त

जनकारी होस् १९८९ मा चीनमा भएको त्यानमेन काण्डपछि चीन राजनीतिक तथा आर्थिक अस्थिरता झेलीरहेको थियो । १९९३ मा राष्ट्रपति बनेपछि उनी हरेक परिस्थितिमा देशलाई उँभो लगाउन चाहन्थे । यसका लागि उनले विरोधिहरूलाई कुल्चने र मिडियालाई नियन्त्रणमा लिने काम गरे । तर, उनले आर्थिक सवालमा चीनमा हजारौं विशेष आर्थिक जोन बनाए, समुद्री तटहरूलाई अर्थिकरूपमा विकसित गरे । यही विशेष आर्थिक जोन आज लगभग २० वर्षपछि चीनको निर्यात केन्द्र बनेको छ । जहाँबाट निर्यात गरिएको सस्तो सामान संसारभरी छाएको छ ।

जियाङ जेमिनलाई सत्ता देङ जियोपिङपछि प्राप्त भएको थियो । तर, जियाङ जेमिनमा क्रान्तिको त्यो ह्याङओभर थिएन । जो तत्कालिन चीनको आवश्यकता थियो । जियाङ जेमिनले आर्थिक सुधारलाई आफ्नो अर्जुनदृष्टि बनाए । उनले खेतीलाई सरकारी नियन्त्रणबाट मुक्त गराए । १९९७ मा उनले भनेका थिए ‘पहिले आर्थिक समस्याको समाधान नगरी, कुनै अन्य अधिकार प्राप्त गर्न कठिन हुन्छ ।’


जियाङ जेमिनले चीनसंगको अन्य देशको सम्वन्ध सुधार गरे । अमेरिका–चीन सम्वन्धमा टिप्पणी गर्दै उनले भनेका थिए ‘ताली वजाउन दुवै हात हुनु जरुरी छ ।’ चीनलाई आर्थिक विकासको तिब्रता दिन उनले झू रोङझीलाई छाने र उनलाई आफ्नो प्रधानमन्त्री बनाए । यी दुवैको नेतृत्वमा चीनले वार्षिक ८ प्रतिशतको जीडिपीले बुर्कुसी मार्यो । विश्व व्यापार संगठनको विशेषताको फाइदा उठाएर चीनले आफ्नो उत्पादनले संसारको वजार भरिदियो । (विभिन्न एजेन्सीबाट)

प्रतिक्रिया