लमजुङ । मंसिर ४ गते भएको निर्वाचनबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई आज मुख्य निर्वाचन अधिकृतको कर्यालय लमजुङले प्रमाण पत्र प्रदान गरेको छ । शुक्रबार लमजुङको सदरमुकाम को जिल्ला समन्वय समितिको सभा हलमा आयोजना गरिएको एक कार्यक्रम बीच मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिश शिव प्रसाद खनालले माला लगाएर प्रमाण पत्र प्रदान गरेका छन् । कार्यक्रममा मुख्य निर्बाचन अधिकृत खनालले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गर्ने सबै पक्षलाई धन्यबाद दिए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शुशिल बैद्य र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । निर्वाचित हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य लगायत निर्वाचनलाई सम्पन्न गर्न सहयोग पु¥याउने सबैलाई प्रजिअ बैद्यले बधाई एवं धन्यबाद दिएका थिए ।
कार्यक्रममा प्रतिनिधि सभामा निर्वाचत हुने नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, गठबन्धनको तर्फबाट प्रदेश सभा क मा निर्वाचित हुने डा. टकराज गुरुङ र प्रदेश सभा ख मा निर्वाचित हुने भेष बहादुर पौडेललाई बधाई सहित निर्वाचत भएको प्रमाण पत्र प्रदान गरिएको हो ।
लमजुङ
प्रतिक्रिया