निराशाजनक निर्वाचनको परिप्रेक्ष र परिणामको निष्कर्ष

लोकनारायण सुबेदी

संविधानका कतिपय प्रगतिशील प्रकृतिका प्रावधानहरूलाई पनि यसरी नै विकृत तुल्याएर हुर्मत लिने गतिविधिहरू सत्ताको सञ्चालक बनेकाहरूले गर्दै आएका छन् र गरिरहेका छन् । त्यसैले आज को प्रतिगामी, को अग्रगामी, को देश र जनताप्रति समर्पित, को परमुखापेक्षी भन्ने कुरा नै छुट्टिन छोडेको छ । जनताले ‘जुनजोगी आए पनि कानै चिरेको’ त्यत्तिकै भन्नका लागि मात्र भनेका होइनन् । हिजोदेखि आजसम्मका सत्ता सञ्चालकहरू कोही पनि सही निस्केनन् भन्ने उनीहरूको कटु अनुभवबाट यस्तो रोष प्रकट गरिएको हो ।

देशमा जस्तो वातावरण सिर्जना गरेर संविधानसभाबाट संविधान बनाइयो त्यो परिवेश र त्यसले ल्याएको परिणाम निकै सन्देहास्पद र सकसपूर्ण रहेका छन् । इतिहासबेत्ताहरूले यसको कालक्रममा सम्यक मूल्यांकन गर्लान् र गरिने नै छ । त्यस बेलाको बाह्य चलखेल, सत्ताको लुछाचुँडी र मूल्यहीन राजनीतिको कुलक्षणले कुनै शुभ र सकारात्मक संकेत दिइरहेको थिएन । तथापि एकथान अन्तरविरोधपूर्ण संविधान आयो र त्यसअन्तर्गत पहिलो निर्वाचनपछिको पाँच वर्षे कार्यकाल जसरी बित्यो त्यसले नेपाली जनता र राष्ट्रलाई सबल र सक्षम बनाउने कनै विश्वसनीय संकेतसम्म दिन सकेन ।
राजनीतिक मूल्य, मान्या, चरित्र, चिन्तन सबै कुरालाई दाउमा राखेर कुर्सीको निम्ति जे पनि गर्न तयार हुने अत्यन्तै अवाञ्छित र अनपेक्षित स्थिति बनाइयो । भ्रष्टाचार चरम चुलीमा पुग्यो । बाह्य हस्तक्षेपका अनेक हत्कण्डाहरूको दुष्प्रभावमा देश र जनतालाई घिसारियो । जनताले कुनै राहतको श्वास फेर्न पाएनन् । गणतन्त्र उनीहरूका लागि नचुनिएका राजाहरूको ठाउँमा चुनिएका राजहरूको रजाई मात्र ठहरियो । देशको अर्थतन्त्र, सामाजिक संचरना, संस्कृति सर्वत्र खल्बलियो । यसरी जनता र राष्ट्रका समस्या समाधान हुनको साटो झन् बढ्दै गएपछि जन असन्तोष ब्याप्त बनिरहेको स्थितिमा यो दोस्रो निर्वाचनको आयोजना यही मंसिर ४ गते गराइयो । यसको परिणामले पनि त्यही जन असन्तोष दर्शाएको छ । जनता फेरि पनि ‘तावाबाट उम्किएर भुंग्रोमा’ पर्ने बाहेक देशले सहीदिशा र गति लेला भन्ने आशा र भरोसा गर्ने कुनै आधार बन्न सक्ने स्थिति छैन ।

बास्तवमा निर्वाचनको विषयबस्तु देश र जनतालाई सुशासन (भ्रष्टाचाररहीत किसिमले बस्तु र सेवा प्रदान गर्ने परिपाटी) किन दिन सकिएन भन्ने सर्वोपरी र मूलभूत कुरामा केन्द्रित गरिएन । त्यसलाई बडो हलुका रूपमा लिइयो र युवाहरूलाई ठाउँ नदिएर बुढाहरूले सत्ता ओगटी राखेको हुनाले सबै कुरा बिग्रिएको हो भन्ने जस्तो भान पार्ने गरी निकै बढाइचढाइ गरेर यो सस्तो कुरा उरालियो । आंशिक रूपमा त्यो कुरा पनि असत्य होइन । तर सबैभन्दा मूल कुरा सही जनमुखी राष्ट्रिय नीति, त्यसलाई पूरा गर्ने सहीदिशा र त्यसको परिणममुखी सही कार्यान्वयन नै हो । त्यसले नै हाम्रो राजनीति सही मूल्य पद्धतिको आधारमा चल्दैछ कि छैन भन्ने कुराको संकेत गर्दछ । अरू सतही कुराले कुनै सार्थकता राख्दैन र राखिनु पनि हुँदैन ।
त्यसैले पहिला त अबलम्बन गरिएको संसदीय व्यवस्थाको सीमा र सामथ्र्यभित्र नै यो चुनाव र यसको परिणामलाई पनि हेर्नुपर्ने हुन्छ । यस्तो चुनावमा बाह्य शक्तिहरूको बढ्दो प्रभाव र विभिन्न खालको दबाबलाई बिर्सन मिल्दैन । त्यसमा अझ हाम्रो राष्ट्रिय राजनीतिमा लामो सयमदेखि घुसेका र चलखेल गरिरहेका बाह्य शक्तिहरूले देशलाई कसरी अँचेटेका छन् र यहाँका पुराना र नयाँ विभिन्न रंगरूपका प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई कसरी साथदिइरहेका छन् भन्ने कुरामा पनि सुक्ष्म दृष्टिपात गर्नैपर्ने हुन्छ । यी परिप्रेक्ष र परिवेशहरूलाई मध्यनजर नराखी कसले जित्यो, को पराजित भयो भन्ने कुराले मात्र यसको सही मूल्यांकन हुन सक्तैन ।

त्यसैले अहिले जसले जिते पनि देश फेरि पनि राजनीतिक अस्थिरता, अन्यौल र अराजकताकै अवस्थाबाट गुज्रिने जुन आँकलन गरिँदै छ त्यसलाई अन्यथा भन्न मिल्दैन । हिजो बहुमत प्राप्त सरकार पनि सही किसिमले नचलेको र त्यसले सिर्जना गरेको अवाञ्छित राजनीतिक घटना क्रमको असर अहिलेसम्म पनि देशको राजनीतिमा परिरहेको यथार्थ कसैमा लुकेछिपेको कुरा छैन । त्यही क्रम उस्तै किसिमले या अर्को किसिमले नदोहोरिएला भन्ने कुनै सुनिश्चितता पनि छैन । अस्थिरता र अन्यौललाई संविधानमै कसैको बहुमतन आउने व्यवस्था गरिएको छ भनेर सही ठह¥याउने प्रवृत्ति पनि देखिएकै छ ।

संविधानका कतिपय प्रगतिशील प्रकृतिका प्रावधानहरूलाई पनि यसरी नै विकृत तुल्याएर हुर्मत लिने गतिविधिहरू सत्ताको सञ्चालक बनेकाहरूले गर्दै आएका छन् र गरिरहेका छन् । त्यसैले आज को प्रतिगामी, को अग्रगामी, को देश र जनताप्रति समर्पित, को परमुखापेक्षी भन्ने कुरा नै छुट्टिन छोडेको छ । जनताले ‘जुन जोगी आए पनि कानै चिरेको’ त्यत्तिकै भन्नका लागि मात्र भनेका होइनन् । हिलोदेखि आजसम्मका सत्ता सञ्चालकहरू कोही पनि सही निस्केनन् भन्ने उनीहरूको कटु अनुभवबाट यस्तो रोष प्रकट गरिएको हो । तर राजनीतिकदलका ठूला साना सबै नेताहरूले यो जन रोष र आक्रोशबाट शिक्षा लिनको साटो ‘जनताले मनपरी गर्न विजयको मत दिएको’ जस्तो गरी चुनाव परिणामलाई लिने गरेको देखिएको छ । विजय पछिको उनीहरूको कार्यकालका अत्यन्तै अवाञ्छित र अस्वीकार्य गतिविधिबाट यो कुरा प्रष्ट हुन्छ । तर, उनीहरू ‘हामीलाई नै जनताले पत्याए त’ भनेर दोष जति मतदाता जनताको टाउकोमा खन्याएर ‘पानी माथिको ओभानो’ बन्ने नपत्याउने कसरत गर्न भने छाड्दैनन् ।

यस परिप्रेक्षमा सम्पन्न चुनावबाट आएको परिणामले पनि देश र जनतामा आशा र भरोसाको सञ्चार गर्न सक्ने स्थिति बन्ला भन्ने देखिँदैन । यो परिणामले पनि बिथोलिएको र विकृत बनेको स्थिति सम्हालिएला र देशका राष्ट्रिय र अन्तर्राष्ट्रिय ज्वलन्त मूलभूत मुद्दाहको सही निराकरणको खोजी गर्ला अनि देश र जनताको सार्बभौमिकता, अखण्डता र राष्ट्रियतालाई सुदृढ बनाउला र राष्ट्रको स्वाभिमानलाई उच्च उठाउला भनेर ढुक्क हुन सकिने कुनै आधार छैन । परमुखापेक्षी कहालीलाग्दो अर्थतन्त्रलाई स्वनिर्भर र सम्मानजनक अन्तरनिर्भरताको दिशामा अघि बढाउला र जनताको जीविकालाई सहज बनाउला भन्न सकिने पनि कुनै आधार अहिलेसम्मका संसदीय अभ्यास र गतिविधिले दिएको छैन । यसले संविधानमा रहेका अन्तरविरोधलाई जनआन्दोलनको मर्म र भावना तथा जनआकांक्षा अनुरूप सच्याउला र सार्थक सुधार गर्ला भन्ने विश्वास गर्न सकिने स्थिति पनि छैन ।

यस स्थितिमा यथास्थितिबाट अझ अधोगामी दिशामा जाने खतरा छ । यसप्रकारको बस्तुस्थितिमा देश र जनताप्रति समर्पित सच्चा क्रान्तिकारी लोकतान्त्रिक र प्रगतिशील बामपन्थी शक्तिहरूले तत्कालीन र दीर्घकालीनरूपमा सही विकल्प प्रस्तुत गर्न नसक्ने हो भने देश र जनताको भविष्य सुरक्षित र सुखद् हुन नसक्ने कुरा टड्कारो छ । त्यसैले निर्वाचन परिणाम जनता र राष्ट्रकैविरुद्ध बोझ नबन्ला भन्न सकिँदैन । पछिल्लो परिवर्तन पछिको अहिलेसम्मको विकसित भएको बकृत स्थितिले दिएको शिक्षा यही नै हो । स्थिति अझ थप नबिग्रँदै सचेत र संघर्षशील बन्नु अत्यावश्यक छ ।

प्रतिक्रिया