आगलागीमा परेर तीन बालबालिकाको मृत्यु

रौतहट । रौतहटको सदरमुकाम गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको छ । उक्त आगलागीमा परेर तीन बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गौर नगरपालिका–१ मा रहेको कपडा पलसमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनामा इस्लाम मियाका भतिजा महम्मद इसराइल मन्सुरी, महम्मद इमरान र नसिमा खातुन घाइते भएका छन् । घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको छ । कपडा पसलसँगै रहेको घरमा राखिएको कपासमा विद्युत् सर्ट भई आगो लागेको स्थानियको अनुमान छ ।

प्रतिक्रिया