काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले निर्वाचनमा हारजित सामान्य प्रक्रिया भएको बताएकी छन् । प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर १ मा पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
अन्तिम नतिजा सार्वजनिक भएसँगै झाँक्रीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै जय र पराजय सामान्य प्रक्रिया रहेको बताइन् । उनले विजयी भएका आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार गोकर्ण विष्टलाई बधाई दिएकी छन् ।
यो निर्वाचन आफ्नो लागि अत्यन्तै रोमाञ्चक रहेको उनले लेखेकी छन् । ‘ज्ञानको हिसाबले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढेभन्दा बढी । समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ,’ झाँक्रीले लेखेकी छन् ।
प्रतिक्रिया