बाँके २ मा डा. धवल विजयी, कसले कति मत ल्याए ?

बाँके । बाँके क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबरा विजयी भएका छन् । उनले निटकतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी, नेपालका मोहम्मद इस्तियाक राईलाई ६ हजार ५७ मत अन्तरका साथ पराजित गरेका हुन् ।

डा. धवलले २९ हजार ५ सय ७७ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी जसपाका राईले २३ हजार पाँच २० मत पाए । यता तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणाले ४ हजार ४ सय ३ मत मात्रै पाए ।

डा. राणाले २०५४ र २०७४ मा स्थानीय निर्वाचनसहित यसपटक संसदीय निर्वाचनमा अपराजित यात्रा तय गरेका छन् । उनी नेकपा एमालेको समर्थनमा चुनाव लडेका थिए र राणा नेपालगञ्ज उपमहागरका पूर्व मेयर समेत हुन् ।

दुवै प्रदेशमा जसपा विजयी

बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका भण्डारीलाल अहिर विजयी भएका छन् । नेकपा एमालेका विजयबहादुर यादवलाई पछि पार्दै अहिरले विजय प्राप्त गरेका हुन् । भण्डारीले ११ हजार ५०४ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका विजयबहादुर यादवले ९३५८ मत पाएका छन् । दुई हजार एक सय ४६ मतको अन्तरले भण्डारी विजयी भएका हुन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजकुमार बर्माले ८७३१ मत पाएका छन् ।

प्रदेशसभामा पहिलोपटक निर्वाचित हुन लागेका यादव गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा डुडुवा गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । उनी २०७४ को स्थानीय चुनावमा डुडुवा ३ बाट वडा अध्यक्ष चुनिएका थिए ।

यस्तै बाँके क्षेत्र नम्बर २ प्रदेशसभा क्षेत्र २ (ख) मा जनता समाजवादी पार्टी जसपाका आदेशकुमार अग्रवाल विजयी भएका छन् । आदेशले पाँच हजार चार सय १५ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका निरकबहादुर गुरुङले चार हजार सात सय ५२ मत ल्याउँदा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमालले चार हजार चार सय ५० मत ल्याए । हमाल निवर्तमान प्रदेशसभा सदस्य एवं लुम्बिनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री हुन् ।

अग्रवालका अन्य प्रतिस्पर्धीहरु नेकपा माओवादी केन्द्रका अक्कल बहादुर बमले दुई हजार ६ सय २६, स्वतन्त्र उम्मेदवार अब्दुल हकिम हलवाईले एक जार दुई सय ६३ र स्वतन्त्र उम्मेदवार डा। विनोदकुमार कर्णले एक हजार ६ मत प्राप्त गरेका छन् ।

अग्रवाल उद्योगीका नेताका रुपमा परिचय बनाएका व्यक्ति हुन् । यसका साथै नेकपा माओवादी केन्द्रमा आवद्ध उनी चुनावको मुखमा माओवादी केन्द्र छोडेर जसपामा प्रवेश गरेका थिए । अग्रवालको उमेर ४६ वर्ष रहेको छ ।

प्रतिक्रिया