पूर्वी नवलपरासी– २ का दुवै प्रदेशसभा सदस्यमा एमाले निर्वाचित

कावासोती । पूर्वी नवलपरासीको क्षेत्र नम्बर २ का दुईवटै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन क्षेत्र नम्बर २ को १ मा एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र २ मा लक्ष्मण बहादुर पाण्डे विजयी भएको निर्वाचन अधिकृत कमलराज पन्थीले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा कांग्रेसका उमेदवार विजयी भएको निर्वाचन क्षेत्र नम्बर २ को १ मा पद्मा जिसी श्रेष्ठले १९ हजार ३ सय ७८ ल्याएर विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगमकुमार सिरपालीले १४ हजार ७ सय ४३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी प्रदेश २ मा एमालेका लक्ष्मण पाण्डे १८ हजार ८ सय ६ मत पाएर विजयी भएका छन् । पाण्डेका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपाल खनालले १४ हजार ७ सय ६१ मत पाए । जिल्लाको क्षेत्र नं १ को प्रतिनिधिसभा र प्रदेशसभा र क्षेत्र नं २ को प्रतिनिधिसभामा मतगणना जारी छ ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया