कास्की–१ मा एमालेका मनबहादुर गुरुङको अग्रता कायमै

गण्डकी । कास्कीको निर्वाचन क्षेत्र नं १ मा नेकपा (एमाले) को अग्रता कायमै छ । क्षेत्रमा कुल ६८ हजार ६ सय ३२ मत खसेकामा हालसम्म १९ हजार पाँच सय ६९ मतगणना गर्दा आठ सय २९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कास्की क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेका मनबहादुर गुरुङ आठ हजार दुई सय ६५ मत प्राप्त गर्दै अघि छन् भने उनलाई नेपाली कांग्रेसका किशोरदत्त बरालले सात हजार एक सय १६ मतसहित पछ्याएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले दुई हजार दुई सय ११ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले आठ सय ३६ मत ल्याएका छन् ।

उक्त क्षेत्रको प्रदेशसभा (२) मा १९ हजार ६ सय ५१ मत गन्दा पाँच सय ८२ मत बदर भएको छ । जारी मतगणनामा प्रदेशसभा सदस्यका लागि एमालेका बेदबहादुर गुरुङ आठ हजार सात सय तीन मतसहित अघि छन् भने कांग्रेसका दीपक गुरुङले सात हजार पाँच सय ७७ मतसहित उनलाई पछ्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका महेन्द्रबहादुर कार्कीले एक हजार सात सय १७ मत प्राप्त गरेका छन् भने हाम्रो नेपाली पार्टीका महेश श्रेष्ठले ६ सय ६५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा समानुपातिकतर्फ १९ हजार ९ सय २३ मतगणना गरिएकामा ६ सय ५७ मत बदर भएको थियो । यसमा एमालेले सात हजार ४७ मत ल्याएको छ भने कांग्रेसले पाँच हजार चार सय ४४ मत ल्याएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ७५ मत, नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले एक हजार चार सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन सय ३८ मत, नेकपा (एकीकृत समाजवादी) ले एक सय ३८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं १ (२) मा एमालेले चार हजार सात सय १५ मत, कांग्रेसले तीन हजार छ सय ५२, राष्टिय स्वतन्त्र पार्टीले तीन हजार तीन सय ६०, एकीकृत समाजवादीले तीन सय २६ मत पाएको छ । यस क्षेत्रको प्रदेशसभा (२) मा समानुपातिकतर्फ १९ हजार ६ सय ४० मतगणना हुँदा आठ सय २८ मत बदर भएको छ ।

गणनामा एमालेले सात हजार आठ सय २८, कांग्रेसले ६ हजार दुई, माओवादी केन्द्र–नेपाल समाजवादी पार्टीले एक हजार सात सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ६ सय ६९ मत, हाम्रो नेपाली पार्टीले पाँच सय ३१ मत, एकीकृत समाजवादीले तीन सय ४० मत पाएका छन् ।

प्रतिक्रिया