तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलको अग्रता कायमै

डुम्रे । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । जारी मतगणनाको प्रारम्भिक चरणदेखि नै उनले अग्रता कायम राखेका हुन् ।

७ हजार १ सय ७४ मतगणना हुँदा नेता पौडेलले २ हजार ४ सय ३७ मत पाएका छन् । नेकपा (एमाले) का एकबहादुर रानाले २ हजार ३ सय ४६, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ८ सय ९४, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले ४ सय ४० र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले तीन सय चार मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा १ लाख २३ हजार ४ सय ९० मतदाता रहेकामा ६६ हजार ९ सय ६५ मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । यो ५४ दशमलव ३६ प्रतिशत हो । तनहुँ–१ प्रतिनिधिसभामा १० जना प्रतिस्पर्धामा छन् ।

तनहुँ–१ को प्रदेशसभा (१) मा कांग्रेसका अशोककुमार श्रेष्ठले सुरुवाती चरणबाटै अग्रता कायम राखेका छन् । ४ हजार ६ सय मतगणना गर्दा गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १ हजार ९ सय २४ मत प्राप्त गरेका छन् भने एमालेका रामबहादुर गुरुङले १ हजार २ सय ३८ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा ३६ हजार ३ सय ६५ मत खसेको छ ।

प्रदेशसभा (२) मा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमानले २ हजार ४० मत पाएका छन् भने एमालेका पूर्णबहादुर गुरुङले १ हजार ५० मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवारले सुरुवाती चरणबाट नै अग्रता कायमै राखेका छन् ।

प्रतिक्रिया