सप्तरी । आसन्न ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरि सप्तरी जिल्लासँग जोडिएको नेपाल(भारत सीमानाका बिहीबार मध्यरातिदेखि बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका अनुसार बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार मध्यराति १२ बजेसम्म सीमानाका बन्द हुनेछ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्नको लागि नेपाल–भरात सीमानाकाहरु बन्द गर्न लागेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।
प्रतिक्रिया