पाँचथर । प्रदेश १ प्रदेश प्रहरी कार्यालय विराटनगरबाट पाँचथर र इलामकाका मुख्य मुख्य निर्वाचन केन्द्रको अवस्था साथै सुरक्षाको अनुगमन गरिएको छ । मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई भयरहित र निष्पक्ष सम्पन्न गराउन पाँचथर र इलामका मतदान केन्द्र अनुगमन गरिएको हो ।
जिल्लाको निर्वाचन र सुरक्षाबारे बुधबार जिल्ला प्रशासन कार्यालय पाँचथरमा बैकठ बसेको थियो । सुरक्षा बैठक पस्चात सुरक्षा अधिकारीहरु सग संञ्चारकर्मी बीच संवादका लागि सिडिओ गणेश गैरेले समय जुटाएका थिए ।
सम्वाद मा निर्वाचन सुरक्षा र चुनौती मा हुन सक्ने, सम्भावना बारे पत्रकार लक्ष्मी गौतम, कृष्ण ओझा, रविन्द्र काफ्लेले सुझाव दिए ।
उक्त निर्वाचन अनुगमनमा प्रदेश एक का निमित्त प्रमुख सचिव किसोर कुमार चौधरी, आन्तरिक मामिलामा तथा कानुन मन्त्रालय सचिव उमेश बस्नेत, नेपाली सेनाका सहायक रथी रन्जित थापा, प्रदेश प्रहरी कार्यालय का प्रहरी नायब महानिरीक्षक सुदिप गिरि, शसस्त्र नायव महानिरीक्षक कमल गिरि, अनुसन्धान निर्देशक कृष्ण प्रसाद खनाल, इलाम र पाँचथरका दुबै जिल्लाका सिडिओ तथा सुरक्षा अधिकारीहरु, मुख्य निर्वाचन अधिकृत लगायतले मतदान केन्द्र सुरक्षा,अ नुगमन र अन्तरक्रिया गरेको सिडिओ गणेश गैरे र डिसपि हरि खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया