पाँचथर । हिलिहाङ गाउँपालिका– २ का ३० वर्षीय बिरामी राम उप्रेतीको उपचार महिला आयोगका सदस्य कृष्ण कुमारी खतिवडाको पहलमा नवजिवन परोपकार समाज काठमाडौंले गर्ने भएको छ ।
उप्रेती गत असारदेखि मानसिक रोगी भइ काठको साङ्लोमा बाँधिएका थिए । बिरामी उप्रेतीको उपचारका लागि अस्पतालसम्म पुग्न जनसक्ति र आर्थिक पहुँच थिएन ।
उनी उपचारका लागि पाथीभरा सदन समाज सेवा मञ्चका व्यवस्थापक सुवास भट्टराईले सामाजिक सञ्जालमा कारुणिक फोटो र विवरण पोष्ट गरेपछि उपचारमा सहयोग जुटेको हो ।
राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी खतिवडाले नवजिवन परोपकार समाजलाई सम्पर्क गरेर उप्रेतीको उपचारमा पहल गरेकि हुन् । उक्त संस्थाका व्यवस्थापक भट्टराई बिरामी उप्रेतीको आर्थिक पहल र उपचारमा खटिएका थिए ।
मंगलबार उप्रेतीलाई बिरामी कुरुवासहित व्यवस्थापन गरी पठाइएको भट्टराईले जानकारी दिए । बिरामीलाई प्राथमिकता उपचार गर्न गाउँपालिकालगायत विभिन्न निकायले चासो देखाएका थिए । बिरामीको घटनास्थलको कारुणिक समाचार विभिन्न सञ्चार माध्यमबाट प्रसारण भएपछि उपचारका लागि थप सहयोग पुगेको हो ।
उप्रेतीको उपचार निःसुल्क गरिदिने आयोगकी सदस्य कृष्ण कुमारी खतिवडाले जानकारी दिइन् । साथै, उप्रेतीलाई काठमाडौं ल्याएपछि निःशुल्क उपचार हुने नवजिवन परोपकार समाज काठमाडौंका कार्यकारी तारा दाहालले बताए ।
प्रतिक्रिया