कोल्ड स्टोरमा ग्यास लिक, निसासिएर कामदारको मृत्यु

विराटनगर । विराटनगर ४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसासिएर एक जना कामदारको मृत्यु भएको छ । कोल्ड स्टोरमा बिहीवार दिउँसो अचानक ग्यास लिक हुँदा विराटनगर–५ का ५४ वर्षीय रौँदी चौधरीको मृत्यु भएको हो ।

उनी कोल्ड स्टोरका मिस्त्री हुन् । कोल्ड स्टोरभित्र ग्यास लिक भएपछि निसासिएर बेहोस भएका चौधरीको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । निसासिएर घाइते भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो । शव पोस्टमार्टमका लागि कोसी अस्पताल राखिएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

कोल्ड स्टोरका लागि स्टक गरेर राखेको ग्यास लिक भएको प्रहरीको भनाइ रहेको छ । कोल्ड स्टोरको लापरबाहीले घटना भएको भन्दै सत्य तथ्य छानबिन गर्न स्थानीयबासीले माग गरेका छन् ।

प्रतिक्रिया