बुलिङटार बस दुर्घटना अपडेट : चार वर्षीय बालकदेखि एक वर्षीया बालिकासम्म घाइते

नवलपुर । पूर्वी नवलपरासीको बुलिङटारमा आइतबार (आज) बिहान भएको बस दुर्घटनाका मृतक र घाइतेहरुको सनाखत भएको छ ।

मृत्यु हुनेमा पाल्पा जिल्लाको रम्भा गाउँपालिका– १ बस्ने वर्ष ४१ की तारा बिक, सोही ठाउँ बस्ने १७ वर्षीय विनय बिक, ६२ वर्षीय धनि बिक, ५८ वर्षकी देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका– ९ बस्ने वर्ष ४५ की फुलमाया माझी रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

साथै, दुर्घटनामा अन्य ३० जना घाइते भएका छन् । घाइतेहरुको उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा बस चालक पाल्पा जिल्लाको रामपुर नगरपालिका– ३ गण्डकी ढिक बस्ने वर्ष २९ का दिलकुमार श्रेष्ठ र सहचालक सोही नगरपालिका– ४ बेझाड बस्ने वर्ष २४ का साजन श्रेष्ठ रहेका छन् ।

त्यस्तै अन्य घाइतेहरुमा रम्भा गाउँपालिका– १ बस्ने वर्ष ४ का अंकित सुनार, सोही ठाउँ बस्ने वर्ष १० का कृष्ण केवट, वर्ष १८ का प्रवीण सुनार, वर्ष २० का रामबहादुर बिक, वर्ष २१ की रिता बिक, वर्ष २५ का कासीराम बिक, वर्ष २० का विशाल बिक, वर्ष १ की आइसा बिक, वर्ष १६ का अविनाश बिक, वर्ष ७ की पुष्पा बिक, वर्ष ४७ का मेघनाथ बिक, वर्ष १५ की रिमा बिक,वर्ष ३२ की सन्जु सुनार, वर्ष ३८ का प्रेम बहादुर सुनार , वर्ष २० का आशीष सुनार, वर्ष २० का विजय बिक, वर्ष ३६ की माया बिक, वर्ष १२ की अस्मिता सुनार, वर्ष ४७ का ओम बहादुर बिक, वर्ष ४५ की सेती बिक, वर्ष ४८ की शिवकुमारी बिक, स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३५ का मनोजकुमार बिक, सोही नगरपालिकाको वडा नं. ९ बस्ने वर्ष ३० की सरिता माझी, वर्ष ३१ का रामु राना , वडा नं. ८ बस्ने वर्ष ३० की उमाकुमारी बिक, स्याङ्जाकै बेलचौर नगरपालिका वडा नं. ९ बस्ने वर्ष २५ की दिलमाया राना, सोही ठाउँ बस्ने वर्ष ३ का रविन राना र पाल्पा जिल्लाको झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बिक रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

पाल्पाको रम्भा गाउँपालिका(१, हुँगीबाट मनकामना दर्शनका लागि तीर्थालु बोकेर आउदै गरेको ना ६ ख ७५८० नम्बरको बस आइतबार ९आज० बिहान कालीगण्डकी करिडोर सडक(खण्ड अन्तर्गत पूर्वी नवलपरासीको बुलिङटार(२ मथारमा सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना ग्रस्त भएको थियो ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया