बुलिङटारमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु, दर्जनौँ घाइते

नवलपुर । मनकामना दर्शनका लागि पाल्पाको हुँगीबाट गोरखा जान आउँदै गरेको बस पूर्वी नवलपरासीको बुलिङटार– २ स्थित डाँडाझेरीको मथारमा दुर्घटना हुँदा बसमा सवार ५ जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको इलाका प्रहरी कार्यालय बुलिङटारले जनाएको छ ।

दुर्घटनास्थलबाट २८ जना घाइतेको उद्धार गरि उपचारका लागि भरतपुर पठाइएको छ । दुर्घटनामा बस दुई टुक्रा परेकोले यात्रु उछिट्टिएको हुन सक्ने आशंकामा प्रहरीले दुर्घटनास्थल वरपर अहिले खोजी कार्य जारी राखेको जनाएको छ ।

पाल्पाको हुँगीबाट मनकामना दर्शनका लागि तीर्थालु बोकेर आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस आज बिहान सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ । दुर्घटनामा भएको क्षतिको थप विवरण आउने क्रममा रहेको छ ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया