लमजुङको दोर्दीमा आगलागी हुँदा गाई, भेडा र बाख्रा जले

लमजुङ । लमजुङको दोर्दी गाउँपालिकामा गत शुक्रबार आगलागी हुँदा चौपायाहरु जलेका छन् । दोर्दी गाउँपालिका ६ सिमिमा बस्ने केयरसिंह गुरुङको भान्सा संगै जोडिएको गोठमा आगालागी हुँदा गोठमा रहेका एउटा गाई, एउटा भेडा र एउटा बाख्रा जलेर नष्ट भएका हुन् । साथै भान्सामा रहेको अन्नपात, फर्निचर, भाडावर्तन आदी जलेर नष्ट भएको छ । उक्त घटना हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी पोष्ट किर्तिपुर लमजुङबाट खटिएको प्रहरी टोली र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया