गोरखा नगरपालिका ५ का वडाध्यक्षको मृत्यु

गोरखा । गोरखामा एक जना वडाध्यक्षको मृत्यु भएको छ । गोरखा नगरपालिका ५ का वडाध्यक्ष खिलबहादुर रानाको बिहिबार मृत्यु भएको हो । घरमा एक्लै भएको अवस्थामा बेहोस भएपछि गोरखा अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन्।
मृत्युको खास कारण भने अहिलेसम्म खुलेको छैन । तिहारको दिन श्रीमती माइता गएकी थिइन् । वान्ता गरेर बेहोस अवस्थामा उनी भेटिएका थिए ।

प्रतिक्रिया