लमजुङमा २ प्रहरी उत्कृष्ट घोषणा

लमजुङ । जिल्ला प्रहरी कार्यलय लमजुङले दुई प्रहरीलाई उत्कृष्ट कर्मचारी घोषणा गरेको छ । गत असोज महिनामा उत्कृष्ट काम गर्ने जिल्ला प्रहरी कार्यलय लमजुङका प्रहरी निरीक्षक विष्णु विक र प्रहरी नायव निरीक्षक बोल कुमार श्रेष्ठलाई असोज महिनाकै उत्कृष्ट कर्मचारीको रुपमा घोषणा गरेको हो ।

असोजमा एक दम्पती मेमे पोखरी बाट र्फकिने क्रममा दोर्दी गाउँपालिकाको वडा नम्बर ७ तोक्पा जुन ४२ सय मिटर तल डाँडाको जंंगलमा पुग्दा लेक लागी बेहोस भएको तथा बेपत्ता भएको घटनामा लगानशील भएर काम गरेको भन्दै उनीहरुलाई उत्कृष्ट कर्मचारीको रुपमा घोषणा गरेको हो ।

सर्लाही जिल्ला लालबन्दी नगरपालिका वडा नम्बर १३ मा बस्ने बर्ष २६ को बुद्धिमान योन्जन र निजकी श्रीमती शर्मिला तामाङ घुमफिर गरी असोज १९ गते मेमे पोखरी बाट र्फकिने क्रममा दोर्दी गाउँपालिकाको वडा नम्बर ७ तोक्पा जुन ४२ सय मिटर तल डाँडाको जंंगलमा पुग्दा लेक लागी बेहोस भएको र असोज गते सम्र्पकमा आएकी निजको श्रीमती शर्मिला तामाङ समेत बेपत्ता भएको घटना सम्बन्धमा असोज २० गते बिहान जिल्ला प्रहरी कार्यलयबाट खटिएका प्रहरीले जिम्मेवारी अत्यन्त ईमान्दार बफादार तथा कर्तव्यनिष्ठ र अदम्य साहासको साथ महत्वपुर्ण कार्य गरेको बताइएको छ । उनीहरुको कार्यको उच्च मुल्याङकन गरी सर्वाेत्कृष्ट प्रहरी छनौट कार्यविधि अनुसार मिति २०७९ असोज महिनाकै सर्वाेत्कृष्ट कर्मचारीको रुपमा घोषण गरिएको जिल्ला प्रहरी कार्यलय लमजुङले जनाएको छ ।

प्रतिक्रिया