नेपाल टेलिकमकाे Group SMS सेवा सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नम्बरबाट एकै पटक धेरै व्यक्तिहरुलाई सामूहिक सन्देश (Group SMS) पठाउन सकिने सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा कात्तिक ८ गतेदेखि कात्तिक २१ गतेसम्म प्रयोग गर्न सकिने छ । यो अफर अन्तर्गत २ हजार, ५ हजार र १० हजार वटा मोबाइल नम्बरमा एकैपटक सन्देश पठाउन सकिने सामूहिक सन्देश (Group SMS) सेवा उपलब्ध हुनेछ ।

प्रति सन्देश मात्र ५० पैसामा पठाउन सकिने यस प्याकमा २ हजार एसएमएस २ दिनभित्र पठाउन जम्मा रु. १००० मात्र लाग्नेछ । त्यसैगरी रु. २,५०० मा ५ दिन भित्रमा ५ हजार एसएमएस पठाउन सकिने प्याक र रु. ५ हजारमा १० दिन भित्रमा १०,००० एसएमएस पठाउन सकिने प्याक उपलब्ध हुनेछ । कम्पनीको नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने यो सुविधामा लाग्ने दस्तुरमा कुनैपनि कर समावेश छैन ।

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको नाममा रहेको कम्पनीको सिमकार्ड प्रयोग गर्नुपर्नेछ र प्रेषित सन्देशको शब्द तथा भाव लगायतका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्नेछ ।

यो सेवा प्रयोग गर्नका लागि groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो contact भा भएका नम्बरहरु excel sheet मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया