तृप्तीले ल्याइन् धार्मिक गीत ‘लक्ष्मी बन्दना’

काठमाडौं । गायिका तृप्ती खड्का (गुरुङ) ले धार्मिक तथा भजन गीत ‘लक्ष्मी बन्दना’ ल्याएकी छन् । गायिका गुरुङको एकल आवाज रहेको उक्त गीतको भिडियो शुक्रबार युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा नरेन न्यौपाने अप्ठ्यारोको शब्द रहेको छ भने गायिका तृप्ती आफैंले संगीत भरेकी छन् । भद्र ओलीले एरेञ्ज गरेको गीतको भिडियोमा विजय गुरुङको निर्देशन रहेको छ भने केशव अधिकारीको छायांकन गरेका हुन् ।

ओम प्रसाईको सम्पादन रहेको भिडियो नर न्याउपाने नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतको भिडियोमा मुना खड्का, सम्प्रिया खड्का, हेमन्त, कुमारी, कमला खत्री, दुर्गा पाण्डे, निर्मला हमाल, सावित्रा कार्की, मञ्जु अधिकारी लगायत कलाकारहरुले नृत्य–अभिनय गरेका छन् ।

लोकदेखि आधुनीक गीतमा समेत आवाज दिने गायिका तृप्तीले धार्मिकतालाई मान्यता दिँदै आउँदै गरेको हिन्दूहरुको पर्व तिहारको छेको पारेर उक्त ‘लक्ष्मी बन्दना गीत ल्याएको बताइन् ।

सारेगामा स्टुडीयोमा गीत रेकर्ड गरिएको थिइयो । धार्मिकतामा आफूले विश्वास राख्ने भएकाले यसभन्दा अघि पनि केही भजनका गीत ल्याएको उनले सुनाइन् ।

प्रतिक्रिया