युट्युबमा भ्युज बटुल्दै जानुकाको ‘अच्छा लिकिन लाहुरे’

काठमाडौं । केही दिनअघि युट्युबमार्फत सार्वजनिक भएको गायिका जानुका तामाङको ‘अच्छा लिकिन लाहुरे’ नामक गीतले भ्युज बटुल्दै अघि बढेको छ ।

उक्त गीत गायिका तामाङ र गायक चन्द्र शर्माको स्वर रहेको छ भने खेम सेञ्चुरीले शब्द रचना र संगीत भरेका छन् । निर्देशक शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा राजेश घिमिरेको छायांकन रहेको छ भने मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

उक्त गीतको भिडियोमा खेम सेञ्चुरी र अञ्जना बराईलीको अभिनय रहेको छ । गायिका जानुका तामाङको युटुब च्यानलमार्फत उक्त भिडियो सार्वजनिक गरिएको छ ।

सार्वजनिक भएदेखि हालसम्म उक्त गीतको भिडियोले दुई लाखभन्दा बढी युट्युबमा भ्युज बटुलेको छ । रमाइलो तथा टिपिकल भाकाको गीत तथा भिडियोले अझै भ्युज बटुल्नेमा आफू विश्वस्त रहेको गायिका जानुकाले बताइन् ।

प्रतिक्रिया