काठमाडौंमा एमालेबाट क-कसले पाए टिकट ?

काठमाडौं । नेकपा एमालेले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार लगभग टुंग्याएको छ । जसपा र राप्रपालाई छोडेर बाँकी क्षेत्रमा एमालेले उम्मेदवार टुंग्याएको हाे ।

काठमाडौं–१ मा राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेलले टिकट पाएका छन् । यो क्षेत्रको प्रदेशसभामा गणेश दुलाल र आत्मराम शर्मालाई टिकट दिइएको छ ।

काठमाडौं–२ मा मणिराम फुयालले नै टिकट पाएका छन् । उनको नाम सर्वसहमत सिफारिस भएको थियो । यो क्षेत्रको प्रदेशसभाबाट सानु श्रेष्ठलाई टिकट दिइएको छ । अर्को प्रदेशसभाको उम्मेदवार भने राप्रपाका लागि छुट्याइएको छ ।

काठमाडौैं–३ मा निवर्तमान सांसद कृष्ण राईलाई नै टिकट दिइएको छ । २०७४ को चुनावमा यो क्षेत्रबाट राईले नै चुनाव जितेका थिए । प्रदेशसभा सदस्यको टिकट भने रामेश्वर फुयाँल र चन्द्रमान लामालाई दिइएको छ ।

काठमाडौं–४ मा राजन भट्टराईलाई प्रतिनिधिसभा सदस्यको टिकट दिइएको छ । प्रदेशसभा सदस्यमा भने तेज ढकालको टिकट निश्चित भएको छ । अर्को प्रदेशसभा सदस्यको उम्मेदवार भने देवराम थापा र विदुर खड्का मध्ये एक हुनेछन् ।

काठमाडौं–५ मा ईश्वर पोखरेल उम्मेदवार बन्नेछन् । प्रदेशसभामा दीपक निरौला र नारायण सिलवालले टिकट पाएका छन् ।

काठमाडौं–६ मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालले टिकट पाएका छन् । प्रदेशसभा सदस्यमा अमन शाक्य र निरेशलाल सिंले टिकट पाएका छन् ।

काठमाडौं–७ मा भने जसपाले उम्मेदवार तय गर्नेछ । प्रदेससभा सदस्यमा श्याम घिमिरे र जीवन मानन्धरलाई टिकट दिइने भएको छ ।

काठमाडौं–८ मा अष्टलक्ष्मी शाक्यलाई एमालेले उम्मेदवार बनाउने भएको छ । चुनाव नै नलड्ने अडान लिइरहेकी शाक्यलाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रदेशसभा सदस्यमा निमा घम्चोलाई टिकट दिइने भएको छ । अर्को क्षेत्र भने राप्रपाका लागि छुट्याइएको छ ।

काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । प्रदेशसभामा केशव पोखरेल र हरिकृष्ण डंगोललाई टिकट दिइएको छ ।

काठमाडौं–१० मा रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेको छ । तर टुंगिन भने बाँकी छ । प्रदेशसभा सदस्यमा शिवभक्ति बलामी र रामशरण बलामीलाई टिकट दिइएको छ ।

प्रतिक्रिया