सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौं आइपुग्ने

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने आज बिहान नेपाल आइपुग्दैछन् । किशोरीलाई बलात्कार गरेको आरोप लागेका उनले सामाजिक सञ्जालमार्फत बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थल काठमाडौँ आइपुग्ने जनाएका हुन् ।

‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धता बमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु ।

‘ममाथि लागेको गलत आरोपविरुद्ध छिट्टै कानुनी सहयोग खोज्नेछु र न्याय पाउनेमा विश्वस्त छु ।’ उनले लेखेका छन्, ‘छिट्टै क्रिकेट मैदानमा फर्केर मेरो प्यारो देशको नाम र कीर्तिमान बनाउनेछु र छिटोभन्दा छिटो न्यायको कामना गर्दछु ।’

उनले कानुनी प्रणालीमा निर्दोष साबित भएका अभियुक्तहरूलाई क्षतिपूर्ति दिने संयन्त्रको मागसमेत गरेका छन् । सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिज गएका थिए ।

प्रतिक्रिया